Bisal Chautari Logo

एउटै चिहानमा ४ सय शव भेटियो

- २६ कार्तिक २०७४, आईतवार ०८:३९ मा प्रकाशित


400 bodies were found in the same tomb
बीबीसी
काठमाडौँ, २०७४ कात्तिक २६ आइतवार । सामुहिक चिहानमा ४ सय शव भेटियो बगदाद इराकी शहर हबिजा नजिकै ४ सय जनाको सामुहिक चिहान फेला परेको छ । सन् २०१३ देखि इस्लामिक स्टेट ९आईएस० लडाकुको नियन्त्रणमा रहेको हबिजा शहर गत महिना इराकी सेनाले फिर्ता गराएको थियो ।
किर्कुक शहरका गभर्नर रकान सइदले बीबीसीलाई भनेका छन्, ‘शहरको बाहिर हवाइ आधार क्षेत्रमा सामुहिक चिहान फेला परेको हो । हबिजा मानिस मार्ने ठाउँ बनेको रहेछ ।’प्रत्यक्षदर्शी एक स्थानीयबासीले देखाइदिएपछि इराकी सेनाले सामुहिक चिहान फेला पारेको समाचारमा उल्लेख छ ।
सामुहिक चिहानमा केही शव सर्वसाधारणको सामान्य कपडा लगाएको अवस्थामा र केही शव आईएसले मृत्युदण्ड दिँदा लगाइदिने कपडा (जम्पसुट)मा छन् ।
इराकी सेनाले आईएस लडाकु नियन्त्रित क्षेत्रमा दर्जनौं सामूहिक चिहान फेला पारिसकेको छ ।गत वर्ष एसोसियटेड प्रेस ९एपी० ले गरेको सर्भेमा ७२ वटा सामुहिक चिहान फेला परेको थियो । ती चिहानभित्र ५ हजार २ सयदेखि १५ हजार वटासम्म शव हुनसक्ने अनुमान गरिएको थियो ।
इराकी सेनाले हाल रावा शहरमा कारबाही केन्द्रित गरेको छ । रावा आईएस लडाकुले कब्जा गरेको अन्तिम इराकी शहर हो ।

प्रतिक्रिया