Bisal Chautari Logo

‘मिस लिम्बू’को ट्यालेन्ट राउण्ड सम्पन्न

- २५ कार्तिक २०७४, शनिबार १०:५७ मा प्रकाशित


miss limbu 2017 talent round
विशाल चौतारी समाचार
काठमाडौ, २०७४ कात्तिक २५, शनिबार । ‘सिंगापुर इन्टरप्राइजेज् मिस लिम्बू–२०१७’का प्रतियोगीले शुक्रबार आफ्नो कला प्रस्तुत गरे । उनीहरुले नृत्य, अभिनय, चित्रकलालगायतका कला प्रस्तुत गरेका थिए ।
याक्थुङ युथ एशोसिएसनद्वारा आयोजित ‘मिस लिम्बू’को यो पााचौ संस्करण हो । प्रतियोगितामा नुमा कुरुम्बाङ, अविशा फुदोङ, रक्षा ओख्राबु, मेनुका साउदेन, सुस्मिता पालुङ्वा, सनम पयाागगू, पुष्पा इम्सङ, मधु खेवा, वर्षा थेबे, सवनम साावा, रमुना थेबे, सरिता पन्धाक, रितु वनेम र सन्ध्या तुम्बाहाङ्फे सहभागी छन् ।
राजधानीको हात्तिसारस्थित नर्भिक विजनेश कलेजको सभाकक्षमा आयोजित ‘ट्यालेन्ट राउण्ड’का लागि लिम्बू भाषाविद् तथा कलाकार यासेली योङहाङ, अभिनेत्री तथा मोडल विपना थापा, पत्रकार गोपाल दाहाल, गायक रुकमान लिम्बू, तारामान रावल र ब्युटिसियन ज्योती थोप्रा निर्णायक थिए ।
‘मिस लिम्बू’को यस संस्करणमा ललितपुरको मिलनचोकस्थित तेह्रथुमे ढाका बुटिकले अफिसियल ड्रेसको स्पोन्सर गरेको छ ।
प्रतियोगीलाई कोरियोग्राफर कला सुब्बाले क्याटवाकलगायत आत्मविकाससम्बन्धी प्रशिक्षण दिइरहेकी छन् । प्रतियोगिताको अन्तिम फाइनल आउादो ४ मंसिरमा राजधानीमा हुने कार्यक्रम संयोजक याङ्जोम शेर्पाले बताइन् ।

प्रतिक्रिया