Bisal Chautari Logo

गोमा गुलाफको फुल लिएर जनतामाझमा

- २५ कार्तिक २०७४, शनिबार १०:११ मा प्रकाशित


Goma Thapa Kc – election news
विशाल चौतारी समाचार
काठमाडौ, २०७४ कात्तिक २५, शनिबार । प्रतिनिधीसभाका लागि ठुला दलले महिला उम्मेदवारलाई यथोचित स्थान नदिएको जनगुनासो बढीरहेका बेला ललितपुर क्षेत्र नम्बर ३ मा समाजसेवी एवं व्यावसायी गोमा थापा केसीले स्वतन्त्र उम्मेदवारी दिएकी छन । अहिले चुनावी प्रचार प्रसार अभियानमा लागेकी उनी जनताको चाहना र आग्रहकै कारण उम्मेदवारी दिएको बताउाछिन् । ‘मैले ललितपुरका जनताको आग्रककै कारण उम्मेदवारी दिएकी हुा । मेरो उम्मेदवारीका कारण स्थानीयमा देखिएको उत्साहले मलाई जीततिर डोर्‍याइरहेको छ’, गोमाले भनिन । निर्वाचन आयोगले उनलाई गुलाफको फुल चिह्न दिएको छ ।
स्वतन्त्र उम्मेदवार गोमाको प्रस्तावकमा पूर्व मिस नेपाल रुबी राणा रहेकी थिइन । गोमालाई भोट माग्न र उनको उम्मेदवारीको सार्थकता बुझाउन पूर्व मिस नेपाल रुबी पनि लागी परेकी छन् । त्यसैगरी अभिनेत्री एवं पू्र्वमिस मंगोल सपना रोका पनि गोमाको चुनावी अभियानमा लागेकी छन । हात हातमा गुलाफको फुल लिएर सेलिब्रेटीहरु जनतामाझ मतदाताहरु प्नि निकै उत्साहित हुने गरेका छन् । गोमाको उम्मेदवारीमा समर्थक रहेकी समाजसेवी कुन्ता थापामगर उनलाई जिताउने बेलायतबाट नेपाल आएकी हुन । ‘चुनाव चिन्ह गुलाबको फुल माया र जितको प्रतिक पनि हो’, कुन्ताले भनिन । उनी पनि अहिले गोमा लागि घरदैलो कार्यक्रममा लागेकी छन ।
दुई दशकभन्दा धेरै समयदेखी समाजसेवामा गरेको लगानी स्वतन्त्र उम्मेदवार थापाका लागि ललितपुर क्षेत्र नं: ३ भोट बैंक मानिएको छ । सबै राजनीतिक पार्टीसंग समान व्यवहार, जनतामा परिचित एवं विभिन्न संघसंस्थाको साथबाट गोमा पनि निकै उत्साहित छिन् ।

प्रतिक्रिया