Bisal Chautari Logo

केकी र नाजिरको दिलको भित्तामा ‘चिप्पकेको तस्विर’ || ‘राज्जा रानी’ गीत सार्वजनिक (भिडियोसहित)

- २५ कार्तिक २०७४, शनिबार ०९:५६ मा प्रकाशित


Keki Adhakari and Najir Hussain movie Rajja Rani song CHIPAK CHIPAK
विशाल चौतारी समाचार
काठमाडौ, २०७४ कात्तिक २५, शनिबार । अभिनेत्री केकी अधिकारी र अभिनेता नाजिर हुसैन स्टारर चलचित्र ‘राज्जा रानी’को अफिसियल गीत रिलिज भएको छ । सार्वजनिक रोमान्टिम बोलको गीतमा केकी र नाजिर फिचरिङमा छन् । ‘तिम्रो तश्विर दिलको भित्ता’मा बोलको गीतमा केकी र नाजिरलाई रोमान्टिक रुपमा प्रस्तुत गरिएको छ ।
नाजिर हुसेन र केकी अधिकारी स्टारर रोमान्टिक ड्रामा ‘राज्जा रानी’को प्रदर्शन मिति प्रिपोन्ड भएको छ । पूर्वनिर्धारित मितिबाट सिनेमा एक साता अगाडि प्रदर्शन हुन लागेको हो ।
वितरकसागको समझदारीमा याम थापा निर्देशित सिनेमा पुस २१ गते देशव्यापी प्रदर्शन हुनेछ । उक्त मितिमा यो सिनेमा एक्लै रिलिज हुनेछ । निर्माण कम्पनी आर्यन फिल्म प्रोडक्सनले नयाा रिलिज मिति घोषणासगै रोमान्टिक गीत पनि लन्च गरेको छ ।
दीपक शर्माद्धारा संगीतबद्ध ‘चिपक चिपक’ बोलको गीतमा केकी र नाजिर फिचर छन् । नेपालगंजको पठारमा छायांकन गरिएको यो रोमान्टिक नम्बरमा नरहरि प्रेमी र सुमिना लोको स्वर समावेश छ । राजेन्द्र थापाले गीत लेखेका हुन् ।
विक्रम स्वाारको नृत्य निर्देशनमा केकी र नाजिरको रसायन आकर्षक लाग्छ । अघिल्ला फिल्ममा पहाडी विषयवस्तुमा कलम चलाउादै आएका निर्देशक एवं पटकथा लेखक थापाले पहिलोपटक मधेशी कन्टेन्टमा फिल्म निर्देशन गरेका छन् । नेपालगंज जन्मथलो भएकाले पनि उनलाई फिल्मको चरित्र चित्रणमा सजिलो हुने आशा छ ।
प्रेमकथामा आधारित सिनेमालाई रमेश एमके पौडेलले निर्माण गरेका हुन् । राज्जा रानीको बजेट १ करोड २५ लाख बताइएको छ ।


CHIPPAK CHIPPAK ||
OST Rajja Rani
Lyric : Rajendra Thapa
Vocal : Narahari Premi, Sumina Lo
Music: Dipak Sharma
Arranger: Udaya Raj Poudel
Choreographer : Vikram Swar
Editor / Colorist : Chandan Dutta
Cinematographer : Purushottam Pradhan
Producer : Ramesh Mk Poudel / Aryan Poudel
Director : Yam Thapa
Cast : Najir Hussain, Keki Adhakari, Kameshor Chaurasiya, Deepak Kshetri, Arun Regmi, Sarita Rajopadhya, Anooj Pandey, Sangita Napit, Anooj Thapa, Chimpuk, Harun Ali, Martin Oli Chettri, Binod Bhardwaj, Ganesh Adhakari, Dipta Prakash, Ashok Acharya, Nepali (Raniyapuri), Rameshwor Thapa, Chandra Bhattarai, Suma Lamichhane, Megharaj Poudel

प्रतिक्रिया