Bisal Chautari Logo

नारायणगढ–मुग्लिन सडक आज सात घण्टा बन्द

- २५ कार्तिक २०७४, शनिबार ०७:१४ मा प्रकाशित


Narayanagarh-Mughal road closed
विशाल चौतारी समाचार
काठमाडौँ, २०७४ कात्तिक २५ शनिवार । चितवनको नारायणगढ–मुग्लिक सडक आज सात घण्टा बन्द हुने भएको छ । उक्त सडकखण्डअन्तर्गत सेतीदोभानमा रहेको जोखिमयुक्त ढुंगो पन्छाउनको लागि आज सात घण्टा सवारी बन्द गरिने भएको हो ।
जोखिम बढ्यो
नारायणगढ–मुग्लिक सडक आयोजनाका अनुसार सेती दोभानमा खस्न लागेको चट्टान रहेकाले जोखिम बढेको भन्दै आज बिहान १० देखि ५ बजेसम्म सवारी रोकेर ढुंगा पन्छाउने काम गरिने छ ।
-वैकल्पिक सडक प्रयोग गर्न आयोजनाका इन्जिनियर शिवप्रसाद खनालले अनुरोध गरेका छन् ।
-भोलि (आइतबार)देखि कालोपत्र गर्ने स्थानमा एकतर्फी बाटो सञ्चालन हुने छ ।
-भित्तो काट्ने स्थानमा बीचबीचमा सडक रोक्दै काम सुचारु हुनेछ ।
-भोलिबाट एकहप्ता परीक्षणस्वरुप बिहान ७ देखि ८ः३० बजे, ११ देखि १२ बजे, १ देखि २ बजे र ३ देखि ४ बजेसम्म सडक रोकेर भित्तो काट्ने काम गरिने चितवनका ट्राफिक प्रहरी प्रमुख तथा प्रहरी निरीक्षक सन्तोष पन्तले जानकारी दिए । सडकको १६, २२ र ३३ किलो क्षेत्रमा करिब ७०० मिटरमा भित्तो काट्ने काम बाँकी छ । यहाँको झण्डै १० किमी क्षेत्रमा भने पहिलो तहको कालोपत्र सकिएको छ ।
दुई वर्षदेखि सडक चौडा पार्ने काम शुरु गरिएको हो । निर्धा्रित समयमा सडकको काम नसकिएपछि आगामी फागुनसम्म म्याद थपिएको छ । अहिलेसम्म ५८ प्रतिशत मात्रै काम सम्पन्न भएको छ ।रासस

 

प्रतिक्रिया