Bisal Chautari Logo

सबिन र ८ बर्षिया दीक्षाको ‘भाईरल भैदियो’को भिडियो भाइरल हुदै ट्रेन्डिङ २ मा (भिडियो सहित)

- २५ कार्तिक २०७४, शनिबार ०४:४८ मा प्रकाशित


Dikshya Thakuri and Sabin Karki Beest Viral Bhaidiyo Manas Raj song
विशाल चौतारी समाचार
काठमाडौ, २०७४ कात्तिक २५, शनिबार । गायक, गीतकार तथा संगीतकार मानस राजको नयाँ गीत ’भाईरल भैदियो’को भिडियो सार्वजनिक भएको छ । गीतमा एक युवतीलाई एकोहोरो माया गर्ने युवकले आफ्नो मनको कुरा नृत्य शैलीमा भनिरहेका छन् । मनको याद भाईरल भएको भन्दै युवतीको पछि पछि ति युवक देखिन्छन् । गीतमा आठ बर्षिया दीक्षा ठकुरीको मनोरञ्जक नृत्य समेत छ ।
२ दिन अगाडी सार्वजनिक गरिएको भिडियो अहिले ट्रेन्डिङ २ मा रहेको छ । स्वर, शब्द तथा संगीत मानस राजको रहेको यस गीतको भिडियोलाई सबिन कार्की ’बिस्ट’ले तयार पारेका छन् । सबिनको लोभलाग्दो नृत्यसागै उनि आाफैले निर्देशन तथा सम्पादन समेत गरेका छन् । प्रयोग गर्न रुचाउने सबिनले यस भिडियोमा पनि कथा तथा उत्कृष्ट नृत्य प्रस्तुत गरेका छन् । यस गीतका एरेन्जर उदय राज पौडेल हुन् ।
धादिङ्की आठ बर्षिया दीक्षाले यसै भिडियोबाट नृत्यसागै अभिनय शुरु गरेकी हुन् । उनले यसअघि केहि गीतका कभर भिडियोमा नृत्य गरेकी थिइन् । भिडियो रिलीजसागै दीक्षाको प्रतिभाको तारिफ गरिएको छ ।
गीतका गायक, रचनाकार तथा संगीतकार मानस राजले लेखेको ’पिरतीको छाता ओढाउाला’ बोलको चलचित्र ’रेशम फिलिली’को गीत निकै चर्चित बनेको थियो । त्यस्तै, चलचित्र ’डायरी’को चर्चित ’माया माया’मा मानसको शब्द तथा संगीत थियो ।
मानसले रचना गरेका पचास बढि गीतहरुमा मोहन भुसाल, सनुप पौडेल, हेमन्त राना, काली प्रसाद बास्कोटा, अल्मोडा राना लगायतले स्वर दिईसकेका छन् । मानसले रंगमञ्चमा दश वटा नाटकमा अभिनय समेत गरेका छन् ।


Starring:-
Dikshya Thakuri
Sabin Karki (Beest)
Merry Khatri
Sabrina Gurung (Flow)
Subham Bhujel
Shankar Dhungana (Kakku)
Xiring Theeng (A)
Concept: Sabin Karki -Beest
Singer/Songwriter/Composer: Manas Raj
Cinematographer: Sanjay Karki (SonJ)
Music Arranger: Uday Raj Poudel
Recordist: Shyam Bagdesh
Recording supervisor: Bhanu Bhakta Dhakal
Mixed by: Ashok Maharjan
Studio: Doremi

प्रतिक्रिया