The Cartoonz Crew Music Video Dilko Bhittaima Almoda Rana, Anjila Regmi and Nabin Rawal
विशाल चौतारी समाचार
काठमाडौ, २०७४ कात्तिक २४, शुक्रबार । नेपालको चर्चित डान्स ग्रुप ‘द कार्टुन्ज क्रु’को नयाँ डान्सिङ भिडियो आज सार्वजानिक भएको छ । ‘दिलको भित्तै’मा बोलको गितमा नविन रावल, अल्मोडा राना उप्रेती र एन्जिला रेग्मीको स्वर छ ।
द कार्टुन्ज क्रुका सरोज अधिकारीले निर्देशन गरेको म्युजिक भिडियोमा कलेज लाईफमा गरिने रमाइला हर्कतहरु समेटिएको छ । यो भिडियोमा आश्मा विश्वकर्मा र सरोज अधिकारीको अन्य भिडियोहरुमा जस्तै लभ सिक्वेन्स हेर्न सकिनेछ । साथै द कार्टुन्ज क्रुका अन्य सदश्यहरुको जोडी पनि यो म्युजिक भिडियोमा हेर्न सकिन्छ । स्वयं गायक समेत रहेका नविन रावलकै संगितमा तयार गितलाई मिलन विष्टले लेखेका हुन । रमाईला शब्दहरु लेख्न माहिर गितकार मिलन विष्ट भिडियोमा होस्टेल वार्डनको भुमिकामा समेत देखिएका छन् ।
गायक नविन र एन्जिलालाई भिडियोको अन्तिममा शिक्षकको रुपमा रोचक तवरले प्रस्तुत गरिएको छ । नयाँ क्रियशन गर्दै भिडियोलाई मसालेदार बनाउने डान्स ग्रुपको रुपमा चिनिएको कार्टुन्ज क्रुको यो भिडियोलाई सार्वजानिक भएको भिडियोबाट राम्रो प्रतिकृया पाउने आसा राखेको गायिका एन्जिलाले बताइन् ।
काठमाडौ मोडल कलेजमा सुटिङ्ग गरिएको यस भिडियोमा रामेश्वर कार्कीको छायाङ्कन, प्रविन श्रेष्ठको सम्पादन रहेको छ । यस गीतलाई चर्चित गायक, संगीतकार तथा एरेन्जर अल्मोडा राना उप्रेतीले नै एरेन्ज गरेका हुन ।
भिडियो हेर्नुहोस :–
THE CARTOONZ CREW presents
|| Dilko Bhittaima ||
Singer: Almoda Rana Uprety , Anjila Regmi , Nabin Rawal
Lyrics: Milan Bista
Arranger: Almoda Rana Uprety
Mixed & Mastered: Ujjwal Shreryan Mahat
Recordist: Anup Rana Uprety
Recorded on: Kripa Drishyam Studio
Choreography: Saroj & Aashma
Cinematographer: Rameshwor Karki
Drone: Manoj Thapa
Editor & Colourist: Prabin Shrestha
Concept & Direction: Saroj Adhikari
Post:Mokshya Production
Artists : The Cartoonz Crew
Aashma Biswokarma,
Saroj Adhikari,
Lakpa D Lama,
Ram Ghale,
Subin C Adhikari,
Bikash Rai
प्रतिक्रिया