Bisal Chautari Logo

युवाको भोट ट्वइलेट सफ गर्ने नेतालाई दिने बाचा, के ट्वइलेट सफा गर्छन् नेताले ?

- २४ कार्तिक २०७४, शुक्रबार ०९:०० मा प्रकाशित


Young vote for toilet cleaning leader
विशाल चौतारी समाचार
काठमाडौँ, २०७४ कात्तिक २४ शुक्रवार । अगमी मङ्सिर १० मा हुने प्रतिनिधिसभा र प्रदेससभाका चुनावी प्रचार प्रचारका लागि राजनीतिक दलका नेता र कार्यकताहरुलाई भ्याई नभ्याई भएको छ । किसानहरूलाई आफ्नो धानबाली भित्र्याउन हातार छ भने नेता र कार्यकर्तालाई चुनावको असार १५ ले छोएको छ ।
कति नेताहरू गाउँ गाउँमा गएर ठुला ठुला भाषण गरेर भोटे माग्दै छन् । कसैले सर्वसाधरण जनतासँग हात मिलाए, कसैले सर्वसाधरणको खेतको धान काटेर भोट मागिरहेका छन् । गाउँका सर्वसाधरणले पनि गाउँमा बिजुली बत्ती रोड पुर्‍याईदिने, स्वथ्या शिक्षाको राम्रो व्यावस्था गरिदिने नेतालाई भोट दिने बताउँदै आएका छन् ।
तर एक युवकले यस्तो नेतालाई भोट दिने भन्दै सामाजिक सञ्जाल फेसबुमा सर्वजानिक ट्वाइलेटको फोटो पोस्ट गरेका छन् । उनले फेसबुकमा नेपालको विर्कसित जिल्ला सुनसरी स्थित प्रमुख जिल्ला अधिकारीको कार्यलया स्थित सर्वसाधरण सेवाग्रहिहरुले प्रयोग गर्ने र्चपीको चार वटा फोटो पोस्ट गरेका छन् । उक्त फोटो पोस्ट गदै “यो पालीको मेरो भोट यो नेपालको सार्वजानिक ट्वइलेट सफा र निःशुल्क बनाउछु भनेर प्रण गर्ने नेतालाई हुन्छ । हमिले अझैँ कहिलेसम्म नेपालको सरकारी कार्यलय र सार्वजानिक ठाँउको ट्वइलेटहरुमा यस्तै यस्तै देख्ने र भोग्ने हो ?” लेखेका छन् ।
हामीले भोजपुरको अन्जान कुलुङ राईले समाजिक सञ्जाल फेसबुकमा पोस्ट गरेको स्टाटसबाट लिएका है । उनले शुक्रवार आफ्नो फेसबुक वालमा पोस्ट गरेको हो ।

फोटो :अञ्जान कलुङ राईको फेसबुक वालबाट

प्रतिक्रिया