Bisal Chautari Logo

अनमोलको ‘कृ’ रिलिज तय || माघ २६ गते दयाहाङको ‘कान्छी’सँग भिडन्त पक्का

- २३ कार्तिक २०७४, बिहीबार १२:२१ मा प्रकाशित


anmol kc new movie kri release date magha 26
विशाल चौतारी समाचार
काठमाडौ, २०७४ कात्तिक २३, बिहिबार । युवा स्टार अनमोल केसीको चलचित्र ‘कृ’को आधिकारिक रिलिज मिति घोषणा गरिएको छ । यसअघि बारम्बार रिलिज मिति तय भएर सुटिङ नै हुन नसकेको चलचित्रको अन्तिम रिलिज मिति माघ २६ गतेका लागी तय भएको छ ।
चलचित्र ‘कृ’का निर्माता सुबास गिरीले आउदो माघ २६ गतेबाट दर्शकमाझ आउने लेखेका छन् । सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै मंसिरको पहिलो हप्ता ट्रेलर रिलिज गर्ने समेत निर्माता गिरीले जानकारी दिएका छन् ।
चलचित्र ‘कृ’ यसअघि भदौ, कार्तिक तथा दशैंमा रिलिज हुने चर्चा थियो । तर अब भने ‘कृ’ पर्खिने दर्शकले मंसिरमा यो चलचित्रको ट्रेलर देख्न पाउने भएका छन् । निर्माता गिरीसग अभिनेता तथा अनमोल पीता भुवन केसीले यो फिल्मको लगानीमा साझेदारी गरेका छन् । अनमोलले पारिश्रमिक मात्रै २० लाख लिएको चर्चाले नै फिल्मले ठुलो हाईप पाएको थियो ।
उता चलचित्रकी अभिनेत्री अदिती बुढाथोकीको बलिउड करियर अनी पछिल्लो उनको चर्चाले चलचित्र ‘कृ’लाई हाइप थप्ने काम गरेको छ । सुरेन्द्र पौडेल निर्देशित चलचित्रमा अनमोल केसी, अदिती बुढाथोकी, अनुपबिक्रम शाहि लिड रोलमा छन् ।
माघ २६ मा चलचित्र ‘कृ’को भिडन्त अब चलचित्र ‘कान्छी’सँग हुने पक्का देखिएको छ । अभिनेत्री श्वेता खड्का र अभिनेता दयाहाङ राई स्टारर ‘कान्छी’ले केहि दिन पहिले उक्त मितिमा रिलिज डेट तोकेको थियो ।

प्रतिक्रिया