Bisal Chautari Logo

नयाँ बन्दै गरेको घरमा झुण्डीएर आत्महत्या

- २३ कार्तिक २०७४, बिहीबार ०८:१३ मा प्रकाशित


Suicide by hanging at the new house
विशाल चौतारी समाचार
भक्तपुर, २०७४ कात्तिक २३ बिहिवार । भक्तपुर नगरपालिका–१० नपली सिर्जनानगरमा आज एक पुरुषको शव भेटिएको छ ।
नयाँ बन्दैै गएको आफ्नै चारतले घरको चौथो तलामा झुण्डिएको अवस्थामा ४७ वर्षीय राजकुमार जोशीको शव भेटिएको महानगरीय प्रहरी वृत्त जगातीका प्रहरी निरीक्षक गोपाल ढकालले जानकारी दिए ।
घटनाबारे अनुसन्धान शुरु गरी शव परीक्षणका लागि शिक्षण अस्पताल पठाएको ढकालले बताए । रासस

प्रतिक्रिया