A new home buy congress candidate
विशाल चौतारी समाचार
धनगढी, २०७४ कात्तिक २३ बिहिवार । नेपाली कांग्रसबाट प्रतिनिधिसभाका उम्मेरदवार बनेकी आरजु राण देउवाले नयाँ घर किनेकी छिन् । कैलाली क्षेत्र नम्बर ५ मा प्रतिनिधिसभाका उम्मेदवार बनेकी आरजूले निर्वाचन प्रचारका क्रममा विपक्षीले ‘पर्यटक उम्मेदवार’ भनेपछि धनगढी उपमहानगरपालिका वडा नम्बर ४ स्थित उत्तरबेहडीमा सुविधासम्पन्न घर किनेकी हुन् ।
उनी नयाँ घरमा बुधबारदेखि बस्न पनि थालेकी छन् । उनले तीन कट्ठा तीन धुर क्षेत्रफलमा बनेको दुई तलाको घर खरिदका लागि आधा रकम बैना गरिसकेको खुलेको छ । स्थानीय शारदा हमालको नाममा रहेको घर झन्डै तीन करोड रुपैयाँमा खरिद गरेको जनाइएको छ । हमालले तीन वर्षयता घर बिक्रीमा राखेकी थिइन् । प्रचार प्रचारका लागि कात्तिक १४ गते धनगढी आएकी थिइन् ।
उनी साइत हेरेर नयाँ घरमा सरे पनि नामसारीको काम भने सकिएको छैन । घरधनी हमालले आरजूले बैना दिएको तर बैंकको काम हुँदासम्म समय मागेकाले घरजग्गा पास गर्न केही समय लाग्ने बताइन् ।
प्रतिक्रिया