Bisal Chautari Logo

मतपत्र आइपुग्यो

- २३ कार्तिक २०७४, बिहीबार ०७:११ मा प्रकाशित


The ballot has arrived
विशाल चौतारी समाचार
रसुवा, २०७४ कात्तिक २३ बिहिवार । आगामी मंसिर १० गते हुने प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचनका लागि आवश्यक मतपत्रलगायत निर्वाचन सामग्री बुधबार साँझ जिल्लामा आइपुगेको छ ।
जिल्ला न्यायाधीश एवं मुख्य निर्वाचन अधिकृत पुनाराम खनालका अनुसार प्रत्यक्ष र समानुपातिक तर्फका दुवै खाले मतपत्र प्राप्त भएको जानकारी दिए ।
नेपाली सेना र नेपाल प्रहरीको सुरक्षामा ल्याइएको मतपत्र जिल्लाका ४५ मतदान केन्द्रका लागि मतदाता नामावलीका आधारमा छुट्याउने कार्य अगाडि बढिसकेको उनले बताए । एक प्रतिनिधि सभा र दुई प्रदेश सभा सदस्य निर्वाचित हुने रसुवामा कूल ३२ हजार ३२२ मतदाता रहेका छन् ।
प्रदेश सभा क मा १६ हजार १६७ तथा प्रदेश सभा ‘ख’ मा १६ हजार १५५ मतदाता रहेका छन् । मतदान केन्द्र र आवश्यक सुरक्षा व्यवस्था मिलाई सकिएको प्रमुख जिल्ला अधिकारी हिरादेवी पौडेलले बताए ।

प्रतिक्रिया