Bisal Chautari Logo

रासायनिक मल अभाव

- २२ कार्तिक २०७४, बुधबार ११:०२ मा प्रकाशित


nepal news
विशाल चौतारी समाचार
दाङ, २०७४ कात्तिक २२ बुधवार । किसानले गहुँखेती शुरु गर्ने सयममा एक सातादेखि रासायनिक मलको अभाव देखिएको छ ।
मलको आयात नभएका कारण समस्या भएको हो । तुलसीपुर, घोराही र लमहीमा मलको अभाव देखिएको कृषि सामग्री कम्पनी लिमिटेड तुलसीपुरका प्रमुख तीर्थ न्यौपानेले जानकारी दिनुभयो । मलको अभाव हुँदा किसानलाई रित्तो हात फर्काउनु परेको उहाँको भनाइ छ ।
“युरिया र डिएपी गोदाममा एक बोरा पनि मौज्दात छैन,” उहाँले भन्नुभयो । जिल्लामा एक हजार मेट्रिक टन डिएपी र सात सय मेट्रिक टन युरिया मल आवश्यक पर्छ ।
हाल गहँु, मसुरो, आलु र तरकारीका लागि डिएपी र युरिया मल आवश्यक छ । भैरहवा भन्सार कार्यालयमा मल आयात गरिएको जानकारी पाएको न्यौपानेले बताउनुभयो ।
“समयमै मल नपाउँदा समस्या भएको छ,” मलका लागि तुलसीपुर आउनुभएका किसान यज्ञबहादुर केसीले भन्नुभयो । रासस

प्रतिक्रिया