Bisal Chautari Logo

अमेरिकी राष्ट्रपति ट्रम्प चीन भ्रमणमा

- २२ कार्तिक २०७४, बुधबार ०९:१७ मा प्रकाशित


American President Trump in China
विशाल चौतारी समाचार
बेइजिङ, २०७४ कात्तिक २२ बुधवार । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प बुधबार चीन पुगेका छन् । बुधबार अपरान्ह चीनको राजधानी बेइजिङ पुगेको समाचारमा जनाइएको छ ।
                                                                                                                        फाइल फोटो

 चीनको राजकीय भ्रमणका क्रममा आज दक्षिण कोरियाबाट चीन पुगेका हुन । एसिया भ्रमणका क्रममा गत आइतबार जापान पुगेका थिए । गत जनवरीमा अमेरिकाको राष्ट्रपतिमा निर्वा्चित भएपछि पहिलो पटक चीन भ्रमणमा आएका हुन ।
दुई हप्तामात्र अघि चीनमा सम्पन्न चिनियाँ कम्युनिष्ट पार्टीको १९ औँ महाधिवेशनपछि चीन भ्रमण गर्ने राष्ट्रपति ट्रम्प नै पहिलो विदेशी राष्ट्रपति हुन।
उनको यो तीन दिने राजकीय भ्रमण भएको चिनियाँ सञ्चारमाध्यमहरुले जनाएका छन् । राष्ट्रपति ट्रम्प एसियाका विभिन्न पाँच देशको १२ दिने औपचारिक भ्रमणमा छन्। (रासस÷सिन्ह्वा)

प्रतिक्रिया