Bisal Chautari Logo

नेपालमा चिनियाँ रेल आउने

- २२ कार्तिक २०७४, बुधबार ०७:५५ मा प्रकाशित


Chinese railways in Nepal
विशाल चौतारी समाचार
काठमाडौँ, २०७४ कात्तिक २२ बुधवार । नेपालमा चीनबाट ल्याउने भनिएको रेलबारे अध्ययन सुरु भएको छ । चिनियाँ उच्च प्राविधिकसहितको सरकारी टोलीले नेपालमा रेलको सम्भावनाबारे फेरि अध्ययन थालेको हो ।
रेलवे कम्पनीका अधिकारी र प्राविधिकसहित आएको टोलीले दुईपक्षीय प्राविधिक वार्ता र प्रस्तुतिसँगै स्थलगत अध्ययन गरिरहेको छ । पाँच दिने भ्रमणमा आएको उक्त टोली थप अध्ययनका लागि केही प्राविधिकलाई यतै छोडेर चीन फर्कनेछ ।
टोलीले केरुङसम्म चीनले ल्याउने रेललाई काठमाडौं र पोखरा र्पुयाउँदै लुम्बिनी जोड्ने विषयमा अध्ययन थालेको हो । सोमबार यसबारे नेपाली पक्षसमक्ष प्रस्तुति दिएको टोली मंगलबार काठमाडौंबाट रसुवाको स्याफ्रुबेंसी पुगेको थियो । स्याफ्रुबेंसीबाट मंगलबारै साँझ काठमाडौं फर्केको टोली बुधबार पोखरा र बिहीबार लुम्बिनी जानेछ ।
चीनको परराष्ट्र, यातायात मन्त्रालयका प्रतिनिधि, राष्ट्रिय विकास आयोगका अधिकारी, परामर्शदाता, निर्माण व्यवसायी, बैंकका प्रतिनिधि र दूतावासका अधिकारी रहेको रेल विभागका सिनियर डिभिजनल इन्जिनियर तथा प्रवक्ता प्रकाश उपाध्याय लगायत पाँच भिन्न कम्पनीका प्राविधिक र व्यवसायीसहित टोलीमा १६ जना छन् । टोलीमा रेलमार्गमा लगानी गर्ने व्यवसायी पनि छन्।

प्रतिक्रिया