Bisal Chautari Logo

मलेसियामा सुतेकै ठाउँमा युवकको मृत्यु

- २२ कार्तिक २०७४, बुधबार ०६:१९ मा प्रकाशित


The death of a young man in Malaysia
विशाल चौतारी समाचार
इलाम, २०७४ कात्तिक २२ बुधवार । फाकफोकथुम गाउँपालिका–१, ठिंगेपुर निवासी २८ बर्षीय अर्जुन लिम्बूको वैदेशिक रोजगारीको सिलसिलामा मलेसियामा मृत्यु भएको छ ।
मलेसियास्थित जोहोर बारु बातुपहाड शहरस्थित एक फर्निचर कम्पनीमा कार्यरत लिम्बूको कात्तिक १९ गते सुतेकै ठाउँमा हृदयाघातका कारण मृत्यु भएको हो ।
उनको शव सोही स्थानको एक अस्पतालमा राखिएको योगेन घिमिरेले जानकारी दिए । लिम्बूको शवलाई नेपाल पठाउन कम्पनीले पहल शुरू गरेको बताए । रासस

 

प्रतिक्रिया