Bisal Chautari Logo

‘थ्री रुम पार्टनर’ बन्ने

- १० बैशाख २०७१, बुधबार ०६:४९ मा प्रकाशित


3 room partnar
काठमाडौं, १० बैशाख । चलचित्र ‘थ्री रुम पार्टनर’ बन्ने भएको छ । एस ईन्टरटेन्मेन्टको ब्यानरमा तयार हुन लागेको यो चलचित्रलाई लक्ष्मण सुनारले निर्देशन गर्न लागेका हुन् ।
युवाहरुले मिलेर बनाउन लागेको यो चलचित्रलाई एडी उज्जल र मौसम कार्कीले मिलेर निर्माण गर्ने भएका छन् । चलचित्र ‘थ्री रुम पार्टनर’लाई हरिनारायण चौधरीले छायांकन गर्दैछन् । यस चलचित्रले होस्टेलबाट निकालिएका यूवकको पिडादायक अवस्थालाई सिनेमाले देखाउनेछ । 
काठमाडौमा सोमबार गरिएको पत्रकार सम्मेलनमा बोल्दै चलचित्रका निर्देशक लक्ष्मण सुनारले ‘कुनै घरमा भाडामा कोठा लिएर बस्ने ३ यूवक र उनीहरुको उच्छृङखल प्रवृत्तीलाई चलचित्रले देखाउनेछ ।’
चलचित्रमा रचना लामा, मौसम कार्की, एडी उज्जल, ओम क्षेत्री, लक्ष्मण भण्डारी, सुरबिर पण्डित, रामचन्द्र अधिकारी, एकराज परियार लगायतको अभिनय रहनेछ । सर्लाही र काठमाण्डौमा छायांकन हुन लागेको चलचित्र जेठको दोस्रो सातादेखि फ्लोरमा जानेछ । सिनेमालाई थ्रीलर र कमेडी रुपमा बनाइने बताइएको छ ।

add

प्रतिक्रिया