The ballot paper was delivered from the helicopter
विशाल चौतारी समाचार
काठमाडौँ, २०७४ कात्तिक २१ मंगलवार । मंसिर १० गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको पहिलो चरणको चुनाव हुने जिल्लामा मतपत्र पुगेको छ । निर्वाचन आयोगले हिमाली र बिकट जिल्लाहरूमा मतपत्र ढुवानीका लागि हेलिकोप्टर प्रयोग गरेको हो।
फाइल फोटो
सोमबारसम्म पहिलो चरणमा चुनाव हुने २० जिल्लामा पत्रपत्र पुगिसकेको निर्वाचन आयोगका प्रवक्ता नवराज ढकालले जानकारी दिए ।
मतपत्र छापिने वितिक्कै जिल्लाहरुमा पठाइएको भन्दै प्रबक्ता ढकालले नपुगेका जिल्लाहरुमा मंगलबार पुगिसक्ने बताए । ‘हिजोसम्म २० जिल्लामा पुगिसकेको छ,’उनले भने,’बाँकी जिल्ला पनि आजसम्म पुग्छ, यहाँबाट पठाइसकिएको छ ।’
सुरक्षा संवेदनशीलताका आधारमा हेलिकोप्टरको प्रयोग गरी मतपत्र जिल्लामा पठाइएको हो । उच्च हिमाली क्षेत्रहरु र सुरक्षा थ्रेट भएका जिल्लाहरुमा हेलिकोप्टरबाट मतपत्र जिल्ला पठाइएको स्रोतले जानकारी दिएको छ ।
प्रतिक्रिया