Bisal Chautari Logo

ट्रक दुर्घटनामा पाँच घाइते

- २१ कार्तिक २०७४, मंगलवार ०६:४६ मा प्रकाशित


Five injured in a truck accident
विशाल चौतारी समाचार
बागलुङ, २०७४ कात्तिक २१ मंगलवार । मध्यपहाडी लोकमार्गको बागलुङ खण्डस्थित बडीगाड गाउँपालिका–२ मा आज बिहान भएको ट्रक दुर्घटनामा परी पाँचजना घाइते भएका छन् ।
रमाइलो मेलाका सामग्री बाकेर ग्वालीचौरतर्फ हिँडेको ना ३ ख ३७८५ नंको ट्रक लब्धीखोला पुल नजिकै दुर्घटनामा परेको हो । दुर्घटनाका घाइतेको तत्काल उद्धारपश्चात् स्थानीय स्वास्थ्य संस्थामा उपचार भइरहेको प्रहरीले जनाएको छ ।
घाइते हुनेमा भारत घर बताउने ६२ वर्षीय कालीचरण काश्यप, दिल्लीका २३ वर्षीय अकबर खान, ३६ वर्षीय राहुल खान, उत्तर प्रदेशका ३२ वर्षीय पंकज कुमार र ४० वर्षीय इमरान खान रहेका छन् ।
घाइतेमध्ये एकको अवस्था गम्भीर रहेको जनाइएको छ । बीच सडकमै ट्रक पल्टेपछि अवरुद्ध बनेको मध्यपहाडी लोकमार्गलाई खुलाउने प्रयास भइरहेको प्रहरीले जनाएको छ । ग्वालीचौरमा हुन लागेको न्वागी मेलामा राखिने पिङलगायतका सामग्री बोकेको ट्रक दुर्घटनामा परेको हो । रासस

प्रतिक्रिया