Bisal Chautari Logo

प्रभासले ‘साहो’को एक दृश्य खिच्न ३६ घन्टा किन लगाए ?

- २० कार्तिक २०७४, सोमबार १५:२६ मा प्रकाशित


prabhas and shraddha kapoor movie saaho A scene capture is 36 hours
चलचित्र ‘बाहुबली’बाट संसारभर लोकप्रिय भएका साउथ सुपरस्टार प्रभास अहिले अपकमिङ चलचित्र ‘साहो’को सुटिङमा ब्यस्त छन् । चलचित्रका केही सिक्वेन्सको छायांकन निकै तेज गतिमा भइरहेको छ ।
तर चलचित्रको सुरुवातमा प्रभास पैदलै आउनुपर्ने दृष्य थियो । सुटिङ भयो तर, प्रभासले मन पराएनन् र निर्देशकलाई फेरि छायांकन गर्न आग्रह गरे । एउटा दृष्य सुटिङ गर्न मात्रै ३६ घण्टा लागेको भारतीय मिडियाले उल्लेख गरेका छन् । ‘साहो’ काम गर्नकै लागि प्रभासले १० किलो तौल घटाएका थिए ।
अर्को अचम्म लाग्दो कुरा के छ भने, सुटिङको समयमा प्रभास र नायिका श्रद्धा कपुर बाहेकलाई मोबाइल फोन प्रयोग गर्न दिइएको छैन । चलचित्र निर्देशक सजितले चलचित्रको कुनै पनि दृष्य सार्वजनिक नहोस् भनेर अन्य प्राविधिकलाई मोबाइल प्रयोगमा बन्देज लगाएको बताए । स्टिल फोटो पनि कतै प्रयोग नगर्न निर्देशकले निर्देशन दिएका छन् । उनले सुटिङ स्पटमै एउटा लकरको ब्यबस्था गरेका छन् । जुन लकरमा कलाकार एवं अन्य प्राविधिकले मोबाइल राखेर काम सुरु गर्छन् । (एजेन्सीको सहयोगमा)

प्रतिक्रिया