Bisal Chautari Logo

नेपाल एयरलाइन्सको जहाज दुर्घटना

- २० कार्तिक २०७४, सोमबार ०७:५८ मा प्रकाशित


Nepal Airlines ship crash
विशाल चौतारी समाचार
भैरहवा, २०७४ कात्तिक २० सोमवार । नेपाल एयरलाइन्सको ९ एकेएफ जहाज ल्याण्ड गर्ने क्रममा दुर्घटना भएको छ । भैरहवाको गौतमबुद्ध विमानस्थलमा जहाज ल्याण्ड गर्ने क्रममा पछाडिको बाँया पट्टीको टायर पंचर भएको विमानस्थलका प्रमुख सिसेल चित्रकारले जानकारी दिए ।
                                                                                                      फाइल फोटो

जाहाजमा यात्रु कोही पनि नभएको, दुई जना पाइलट मात्र भएको हुदा उनीहरु दुवै जना सकुशल रहेको उनले बताए । जहाज रनवे देखि एक मिटर छेउमा गएको छ । पाइलटले पश्चिमबाट पूर्वतर्फ ल्याण्ड गरेका थिए ।रनवेमा जहाज दुर्घटना भएपछि अहिले उडान प्रभावित भएको छ ।

प्रतिक्रिया