Bisal Chautari Logo

झापाबाट सुरु गरियो ‘अमेरिका बोइज’को छायांकन

- २० कार्तिक २०७४, सोमबार ०७:५१ मा प्रकाशित


America Boys nepali movie shooting location
विशाल चौतारी समाचार
काठमाडौ, २०७४ कात्तिक २०, सोमबार । चलचित्र ‘अमेरिका बोइज’ को छायाँकन सुरु भएको छ । केही दिन अगाडी क्यामेरा पूजा गर्दै झापा जिल्लाबाट चलचित्र ‘अमेरिका बोइज’को छायांकन प्रारम्भ गरिएको हो ।
प्रवेश पौडेलले निर्देशन गरिरहेको चलचित्रका कास्ट एन्ड क्रिउ यति बेला झापामा रहेका छन् । चलचित्रका निर्माता प्रकाश भूजेलका अनुसार झापामा करिब १४ दिन सुटिङ गरिने बताए । त्यसपछि बाँकी छायांकनका लागि ‘अमेरिका बोइज’ टिम काठमाडौं फर्कनेछ । साथै निर्माण यूनिटले छायांकन प्रारम्भ गरे सँगै रिलिज डेट समेत फिक्स गरेका छन् । आउदो नयाँ वर्ष २०७५ सालको बैशाख १४ गते यो चलचित्र रिलिज हुनेछ ।

चलचित्रमा सुनिल थापा, अर्पण थापा, सृष्टि कार्की, सन्दीप क्षेत्री र कामेश्वर चौरासियाको शीर्ष भूमिका रहेको छ । सृष्टिले यसै चलचित्रबाट रजतपट डेब्यु गरेकी हुन् । अनुप थापा कार्यकारी निर्माता रहेका छन् ।

प्रतिक्रिया