Bisal Chautari Logo

हेलिकोप्टर दुर्घटना हुदा साउदी अरबका राजकुमारको मृत्यु

- २० कार्तिक २०७४, सोमबार ०६:२० मा प्रकाशित


Prince of Saudi Arabia died in a helicopter accident
विशाल चौतारी समाचार
काठमाडौँ, २०७४ कात्तिक २० सोमवार । हेलिकोप्टर दुर्घटनामा परी साउदी अरबका राजकुमारको मृत्यु भएको छ । यमनको सीमा क्षेत्रमा पर्ने आभा शहर नजिक हेलिकोप्टर दुर्घटना हुँदा राजकुमार मन्सुर बिन मुकरिनको मृत्यु भएको हो ।
असिर प्रान्तको उपराज्यपाल समेत रहेका मन्सुर उच्च सरकारी अधिकारीहरुसहित हेलिकोप्टर चढेर भ्रमणमा निस्किएका थिए । हेलिकोप्टरमा सवार कोही पनि नबाँचेको बीबीसीले जनाएको छ । हेलिकोप्टर दुर्घटनाको कारण भने खुलेको छैन ।
उनी पूर्वयुवराज अब्दुल अजिजका छोरा हुन् । हिजोमात्रै साउदी अरबले ११ जना पूर्वराजकुमार, चार मन्त्री र पूर्वमन्त्रीहरुलाई पक्राउ गरेर भ्रष्टाचार सम्वन्धी अनुसन्धान शुरु गरेको छ ।

प्रतिक्रिया