Bisal Chautari Logo

ट्रेन्डिङ १ मा ‘कान्छी’को चरी चट्ट परी || दयाहाङ र श्वेताको नृत्यलाई दर्शकले तारिफ गरे

- १९ कार्तिक २०७४, आईतवार १५:४४ मा प्रकाशित


Dayahang Rai and Shweta Khadka KANCHHI movie song CHARI CHATTA PARI #1 ON TRENDING
विशाल चौतारी समाचार
काठमाडौ, २०७४ कात्तिक १९, आइतबार । माघ २६ गते बाट प्रदर्शनमा आउने फिल्म कान्छीमा समावेश चरी चट्ट परी बोलको गीतयुटुव ट्रेन्डिङको पहिलो स्थानमा (समाचार बनाएको समयमा) आएको छ ।

अपलोडभएको दुई दिनमा आठ लाख बढी भ्युज कमाउादै चरी चट्ट युटुवको ट्रेन्डिङ नम्वर एकमा आएको हो । गीतमा राजनराज सिवाकोटीको शब्द तथा संगीत रहेको छ । स्वरमा उनलाई अञ्जु पन्तले साथ दिएकी छिन् । बसन्त श्रेष्ठको कोरियोग्राफी रहेको भिडियोमा अभिनेत्री श्वेता खड्का र अभिनेता दयाहाङ राईको नृत्य छ ।
आकाश अधिकारी निर्देशित कान्छीमा श्वेता शिर्ष भूमिकामा प्रस्तुत भएकी छिन् भने दयाहाङ सागै वरिष्ठ कलाकार नीर शाह तथा नायिका अनु शाह, अन्य कलाकारहरु प्रज्जवल सुजल गिरी, भूमिका श्रेष्ठ र आशान्त शर्मा लगायतको अभिनय रहेको छ । फिल्ममा पुरुषोत्तम प्रधानको सिनेम्याटोग्राफी, शम्भुजित बाास्कोटा, राजनराज सिवाकोटी र अर्जुन पोखरेलको संगीत छ । कोहिनूर पछि श्वेता कान्छी निर्माण तथा अभिनयमा फर्किएकी हुन् ।

प्रतिक्रिया