Bisal Chautari Logo

नेपाल आइडल विजेताको मंसिर २ गते जावलाखेलमा भव्य कन्र्सट

- १९ कार्तिक २०७४, आईतवार ११:५८ मा प्रकाशित


nepal idol winner concert in jawalakhel, buddha lama, nishan bhattarai and pratap das
विशाल चौतारी समाचार
काठमाडौ, २०७४ कात्तिक १९, आइतबार । नेपाल आइडलको व्यस्तता उत्तिकै छ । दुई महिना पुग्न लाग्दा उनीहरुले देश विदेश कन्सर्टमा सहभागिता जनाएका छन् । टप थ्रीसागै सागर आले मगर लगायतको व्यस्तता उत्तिकै छ ।
यही मंसिर २ गते शनिबार जावलाखेल फुटबल मैदानमा भव्य कन्सर्ट आयोजना भएको छ । नेपाल आइडल बुद्ध लामा, फस्र्ट रनरअप निशान भट्टराई, सेकेण्ड रनर अप प्रताप दासले जावलाखेल क्षेत्र थर्काउनेछन् ।
उनीहरुका साथै सन्ध्या जोशी, प्रमिला राई, उल्सन श्रेष्ठ र अफसर अलीको प्रस्तुति पनि हेर्न पाईनेछ । दिउासो १ बजेदेखि कन्सर्ट आयोजना हुने आयोजकले जनाएको छ । यसअघि बुद्धको भूमि पोखरा र निशानको भूमि उर्लाबारीमा पनि कन्सर्ट भईसकेको छ ।
क्लासिक इभेन्ट्स र एएनसी ईभेन्ट्सले कन्सर्ट आयोजना गरेको हो । शुशिल नेपालले कार्यक्रम होस्ट गर्नेछन् ।

प्रतिक्रिया