Bisal Chautari Logo

मेस्सी २०१७ को सर्वाधिक गोलकर्ता,रोनाल्डो र नेयमार टप फाइभमा अटाएना, को –को परे ?

- १९ कार्तिक २०७४, आईतवार ११:५८ मा प्रकाशित


Messi 2017’s highest goal
विशाल चौतारी समाचार
काठमाडौँ, २०७४ कात्तिक १९आइतवार । युरोपियन लिगलाई घातक स्ट्राइकरहरुको अखडा मानिन्छ । उत्कृष्ट स्ट्राइकरहरुमध्ये पनि आफूलाई अरुभन्दा उत्कृष्ट तुल्याउन लागिपरेका हुन्छन् ।
२०१७ साल सकिन दुई महिना बाँकि रहँदा को भए अहिलेसम्मका शीर्ष गोलकर्ताहरु ।
१. लियोनल मेस्सी
यस वर्षको सुरुवातदेखि मेस्सीले बार्सिलोना र अर्जे्न्टिनाका लागि कुल ४६ गोल गरिसकेका छन् । उनको यस रेकर्डका कारण उनलाई यस वर्षको बलोन डि’ओरको मुख्य दाबेदार पनि मानिएको छ किनभने उनको प्रतिद्वन्दि क्रिस्टियानो रोनाल्डोको यस वर्ष ३३ तथा नेयमारको २५ गोल मात्र रहेको छ । गत साल पनि मेस्सी ५० गोलसँग शीर्ष स्थानमै थिए ।

 

२. ह्यारी केन
इङ्ग्ल्यान्ड र टोटनह्याम हटस्परका स्ट्राइकर ह्यारी केनले आफूलाई यस वर्ष युरोपकै सबैभन्दा प्रभावकारी स्ट्राइकरमध्ये एकमा स्थापित गरेका छन् । ३५ खेल खेल्दै उनले ३८ गोल गरेका छन् । उनको ७६ मिनेटमा एक गोलको औसत भने मेस्सीको भन्दा पनि राम्रो रहेको छ । वर्षको सुरुवाततिर उनले केही खेल चोटका कारण गुमाएका थिए भने अघिल्लो साता पनि म्यानचेस्टर युनाइटेडविरुद्ध केन घाइते थिए ।
३. एडिन्सन काभानी
पेरिस सेन्ट जर्मन (पिएसजी) र उरुग्वेका स्ट्राइकर एडिन्सन काभानीले २०१७ मा ३८ खेल खेल्दै ३६ गोल गरिसकेका छन् । काभानीले अगष्टदेखि सुरु भएको यस सिजनमा मात्र भने सबै प्रतियोगिताको २१ खेलमा १७ गोल गरेका छन् । नेयमार र किलियन बाप्पेसँगको नयाँँ साझेदारीबाट उनलाई निकै फाइदा पुगेको देखिन्छ ।

 

४. रोबर्ट लेवान्डोस्की
सन् २०१७ को शीर्ष गोलकर्ताको चौथोमा बायर्न म्युनिख र पोल्यान्डका स्ट्राइकर रोबर्ट लेवान्डोस्की रहेका छन् । उनको गोलसङ्ख्या र औसत पनि काभानीसँग निकै मिल्दो छ । २९ वर्षीय लेवान्डोस्कीले ८९ को औसत कायम गर्दै ३८ खेलमा ३६ गोल गरेका छन् । गत साल बुन्डेस लिगाको शीर्ष गोलकर्तामा भने पियर एम्रिक(अबेमियाङसँग एक गोलले पछि पर्दै लेवान्डोस्की दोस्रो भएका थिए ।
५. बास डोस्ट
स्टारहरुले भरिएको यस सूचीमा बास डोस्ट खासै चर्चित नाम नहोला । तर यस वर्ष पोर्चुगलको स्पोर्टिङबाट खेलिरहेका डोस्टले ३७ खेलमा ३४ गोल गर्दै युरोपका ठूला खेलाडिहरुलाई पनि पछि पारेका छन् । नेदरल्यान्ड्सका २८ वर्षीय डोस्टको ९१ को गोल औसत राडामेल फाल्काओ (९६), रोनाल्डो (१०१) र नेयमार (१३८) को भन्दा पनि राम्रो रहेको छ ।

प्रतिक्रिया