Bisal Chautari Logo

आर्यन र प्रियंकाको ‘मायाका रङहरु’संगै चलचित्र ‘बटरफ्लाई’को ईण्डक्ल्याप

- १९ कार्तिक २०७४, आईतवार १०:४६ मा प्रकाशित


Aaryan Adhikari and Priyanka Karki Movie BUTTERFLY
विशाल चौतारी समाचार
काठमाडौ, २०७४ कात्तिक १९, आइतबार । फिल्ममा समावेश हुने अधिकांश दृश्य यसअघि नै छायांकन गरिसकिएको फिल्म ‘बटरफ्लाई’को ईण्डक्ल्याप भएको छ । फिल्ममा समावेश हुने प्रेम भावको एक गीत छायांकन भएसागै फिल्मको सम्पुर्ण छायांकन सकिएको हो । ‘मायाका रङहरु’ बोलको गीतमा लिड अभिनेता आर्यन अधिकारी र अभिनेत्री प्रियंका कार्कीले दृश्य दिएका छन् ।
चिसिदो मुडेको मौसममा खिचिएको उक्त गीतमा प्रियंकाले केहि बोल्ड लाग्ने दृश्यहरु दिएकी छिन् । प्राप्त तश्विरमा उनलाई आर्यनको अंगालोमा भेट्न सकिन्छ । केहि दिन पहिले मात्रै खिचिएको उक्त गीत छिट्टै नै रिलिज गर्ने निर्माण टिमले बताएको छ । ओमप्रतिक गुरुङ यो फिल्मका निर्देशक हुन् ।
पुष्पान्जली अधिकारी(सखा), रामशरण राना र भुपेन्द्र सुवेदी निर्माता रहेको फिल्मका कार्यकारी निर्माता रमेश प्रजापति छन् । सुरेश बज्राचार्यले खिचेको फिल्ममा कोरियोग्राफी कविराज गहतराजको छ । आउदो पौष २८ मा फिल्म रिलिज हुनेछ ।

प्रतिक्रिया