Bisal Chautari Logo

क्याम्पस प्रमुखले मनोमानि रुपमा कर्मचारी सिफारीस गरेपछि स्ववियुद्धारा तोडफोड

- १९ कार्तिक २०७४, आईतवार ०५:५४ मा प्रकाशित


विशाल चौतारी समाचार
सुर्खेत, २०७४ कात्तिक १९ आइतवार । क्याम्पस प्रमुखले मनोमानी रुपमा कर्मचारीहरु सिफारिस गरीएको भन्दै स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु)ले तोडफोड गरेका छन् ।
पञ्चपुरी नगरपालीका वडा नं. ९ स्थित विद्यायापुर जनता बहुमुखी क्याम्पमा, क्यामपस प्रमुख ईन्द्रा पौडेलले मनोमानी रुपमा कर्मचारी सिफारीस गरेको भन्दै आज बिहान क्याम्पस प्रमुखको अफिस र लाइबेरी तोडफोड गरेको (स्ववियु) सभापती पूर्ण बहादुर रावलले जानकारी दिए । क्यम्पस प्रमुखको उक्त निर्णयलाई शिक्षक ,क्याम्पस संञ्चालन समिति र स्वतन्त्र विद्यार्थी युनियन बिरोध जनाउदै आएको थियो ।
मध्यपश्चिम विश्व विद्ययालयले आफ्नो स्वामित्वमा नेपाल भरीका १० वटा सामुदायिक क्याम्पसलाई अंगिक क्याम्पस बनाउने निर्णय भएपछि उक्त क्याम्पसलाई पनि डि पि आर परेको थियो .। जसका लागी १८ जना कर्मचारीहरु क्याम्पसले सिफारीस र प्रस्तावना मध्यपश्चिम विश्वविद्यालय सुर्खेतमा बुझाउनु पर्ने थियो । तर क्यापस प्रमुखले आफ्नो मनोमानी कर्मचारीहरु सिफारिस गरीएका थिए ।
रावलले भने –‘क्याम्पस संञ्चालन समिति शिक्षक लगाएतलाई थाहानै नदिएर आफ्नो मनोमानि ढङगबाट निर्णय गरी पेश गरीयो जसले गर्दा विषय शिक्षक अनुसार नभएको र विवादका कारण केही दिन देखी क्याम्पस संञ्चालन हुन नसक्दा विद्यार्थी हरुलाई अध्यनमा प्रत्यक्ष असर पारेको छ । बारम्बार क्याम्पस प्रमुखसंग छलफल गरि समस्याको सामधान गरौं भन्दा क्याम्पस प्रमुखले आलटाल गरी पठाउने गरे।’
कात्र्तिक १७ गते बिहान बसेको शिक्षक, क्याम्पस संञ्चालन समिति र स्ववियु बठैक बसि अहिले छलफल नभएको हुदा मंंंंङसिर मसान्त सम्म सिफारिस गर्नका लागी समय थप गरिपाऊं भनि मध्यपश्चिम विश्व विद्यालय मा निवेदन पेश गर्ने सहमति भएको थियो । तर सोही दिन समय थपको निवेदन नदिइ प्रमुख ईन्द्रा पौडेल विश्व विद्यालयको कार्यलयमा गई कीर्ते निर्णय गरी कर्मचारी सिफारीस गरेको थियो ।
छलफल र वार्ता मा आउदा पनि सहमति नभए पछी सिफारीस र प्रपोजल पेश गर्ने अन्तिम मिति कात्तिक १७ गते भएको हुदा र म्याद थप नहुने भएको हुदा आफुले बुझाएको क्याम्पस प्रमुख ईन्द्रा पौडेल बताए ।
सोही क्याम्पसमा नै अध्यापन गराईरहेका ईन्द्रा पौडेलले मिना बन , डिल्लीराम भण्डारी , निराजन भण्डारी , चक्रपाणि सापकोटा , दिपक सापकोटा, रामकुमारी बाह्रघरे , दशरथ बस्नेत, धर्मदेव वन, चन्द्रप्रसाद सापकोटा , टिकाराम बुढाथोकी, बिकल मल्ल , नवराज घिमिरे , लक्ष्मी बयक , खगेन्द्र पौडेल , पार्वति सापकोटा(पाठक) लाईबेरीयन , तुल्सी पौडेल (खरीदार) सिता सापकोटा (कार्यलय सहयोगी)लाई सिफारीस गरीएको छ ।

प्रतिक्रिया