Bisal Chautari Logo

भारतको पञ्जाब प्रहरी काठमाडौँ आएर गोली चलाए

- १६ कार्तिक २०७४, बिहीबार ११:१० मा प्रकाशित


Panjab Police arrived at Kathmandu
विशाल चौतारी समाचार
काठमाडौँ, २०७४ कात्तिक १६ बिहिवार । कमलादीको पक्राउ एक रेष्टुरेन्टबाट पक्राउ परेका भारतीय नागरिकको साथबाट पञ्जाब प्रहरीको परिचयपत्र फेला परेको छ ।
बुधबार कमलादीको एक रेष्टुरेन्टमा विवाद भएपछि गोली चलेको थियो । गोली चलाउनेमध्येका २ जनालाई प्रहरीले तत्कालै नियन्त्रणमा लिएको थियो ।
खानतलासीको क्रममा जसविर सिंह भन्ने व्यक्तिको साथबाट भारत पञ्जाब प्रहरीको परिचयपत्र बरामद भएको छ जसमा नाम ‘यूपी एसएस सिंह’ र पद ‘कन्सटेबल’ लेखिएको छ ।
केन्द्रीय अनुसन्धान व्यूरोले हेर्दै आएको यो केस अहिले अन्तरदेशीय अपराध हेर्ने विशेष व्यूरोले हेर्न थालेको छ । स्रोतका अनुसार नेपाल प्रहरीले भारतीय प्रहरीसँग समन्वय गरेर थप अनुसन्धान अघि बढाएको छ ।
कमलादीको एक रेष्टुरेन्टमा खाजा खाने क्रममा धेरै बिल आएको भन्दै विवाद गरेपछि भारतीय युवाले गोली चलाएका थिए । त्यसको केही मिनेटभित्रै कमलादी प्रहरीले नियन्त्रणमा लिएको थियो । उनीहरुको साथबाट एक थान अत्याधुनिक पेस्तोल र करिब ५० राउण्ड गोली बरामद भएको थियो । बरामद पेस्तोल भारतीय रक्षा मन्त्रालयअन्तर्गतको राइफल फ्याक्ट्रीमा बनेको खुलेको छ ।

 

प्रतिक्रिया