Bisal Chautari Logo

दुनियाका सबैभन्दा खतरनाक कानुन भएका १० देश जहाँ सानो गल्तीमा पनि मृत्युदण्ड दिइन्छ

- १६ कार्तिक २०७४, बिहीबार ०९:०८ मा प्रकाशित


10 countries with the most dangerous laws
एजेन्सी
काठमाडौँ, २०७४ कात्तिक १६ बिहीबार । लागुपदार्थको सेवन र ओसारपसारले हरेक देशको टाउको दुखाइको विषय बनेको छ । यसको नियन्त्रण गर्नको लागि हरेक देशमा कडा कानुन समेत बनाइएको छ ।
                                                                                                             फाइल फोटो

लागुपदार्थको उत्पादन, तस्करी, बिक्री वितरण र सेवन रोक्नको लागि कडा कानुन बनाइ पनि यस्ता आपराधिक घटनाहरू भने कम हुन सकेका छैनन् ।
 विश्वको सबैभन्दा कडा कानुन भएका देशहरू
१. सिङ्गापूर- सिङ्गापूर आफ्नो कडा कानुनको लागि संसारभर प्रख्यात छ । सानो हुलदंगा गर्नेले त धेरै पछुताउन पर्ने यो देशमा लागुपदार्थ साथमा भेटियो भने त मृत्युदण्ड नै हुन्छ । कम्तीमा १७ औंस गाँजा वा आधा औंस कोकेन वा हेरोइन साथमा भेटियो भने उक्त व्यक्ति तस्कर मानिन्छ । सिङ्गापूरमा सन् १९९१ देखी २००४ को बिचमा चार सय जना लागुपदार्थ तस्करहरुलाई फाँसीको सजाँय दिइएको थियो ।
२. मलेसिया- मलेसिया लागुपदार्थको नियन्त्रण गर्न कडा कानुन बनाउनेमा छिमेकी देश सिङ्गापुर भन्दा कम छैन । यस देशमा ७ औंस भन्दा बढी गाँजा वा आधा औंस हेरोइन साथमा भेटियो भटिएमा मृत्युदण्ड दिइन्छ ।
३. इरान- यो इस्लामिक देशमा लागुपदार्थको तस्करी गर्नेलाई मृत्युदण्ड दिने गरिन्छ । यो देश आफ्नो कानुन पालना गर्नमा यति प्रतिबद्ध छ कि गएको केही दशकमा मात्रै यस देशमा १० हजार लागुपदार्थ दुव्र्यसनी र तस्करहरुलाई मृत्युदण्ड दिइएको छ ।
४. इन्डोनेसिया- यदि तपाईँ मृत्युदण्डलाई डरलाग्दो सजाँय मान्नुहुन्छ भने तपाईँलाई इन्डोनेसियाको लागुपदार्थ सम्बन्धी सजाँयको बारेमा थाहा नहुन सक्छ । इन्डोनेसियामा लागुपदार्थ कारोबार गर्नेलाई सजाँय दिनको लागि फाइरिङ स्क्वाडको नै प्रयोग गरिन्छ ।
५. साउदी अरब- यो इस्लामिक देश कानुनको मामलामा धेरै कडा छ । मदिरालाई समेत अवैध मानिएको यो देशमा अन्य प्रतिबन्धित लागुपदार्थको सेवन, कारोबार गर्नु भनेको धेरै ठुलो अपराध मानिन्छ । हत्यारा र बलात्कारीलाई जस्तै लागुपदार्थ तस्करी गर्नेलाई सार्वजनिक ठाउँमा मृत्युदण्ड दिइन्छ ।
६. चीन- वर्षमा करिब ५०० जनालाई मृत्युदण्ड दिने चीनले लागुपदार्थको सेवन र कारोबार गर्नेलाई समेत कडा कारबाही गर्छ । लागुपर्दाथको बिक्री वितरण, उत्पादन गर्नेलाई आजिवन कारावासको साथै मृत्युदण्ड समेत हुन सक्छ ।
७. युनाईटेड अरब इमिरेट्स- लागुपदार्थको सेवन गर्नेहरुलाई कडा कारबाही गर्ने देशको रूपमा युएईलाई पनि चिनिन्छ । युएईको कानुन अनुसार अवैध मानिएको डगहरुको कारोबार गर्ने, सेवन गर्ने र तस्करी गर्नेलाई कडा सजाँय दिइन्छ ।
८. भियतनाम- भियतनामको लागुपदार्थ दुव्र्यसनीहरुलाई कारबाही गर्ने अलग्गै तरिका छ । यो देशमा दुव्र्यसनीहरुलाई सरकारले सञ्चालन गरेको पुर्नस्थापना केन्द्रमा पठाइन्छ जहाँ उनीहरूलाई उपचारको साटो कडा अनुशासनमा र शारीरिक यातना दिइन्छ तथा निःशुल्क श्रम गर्न लगाइन्छ ।
९. स्विडेन- स्विडेनले पहिले ‘मेथाफेटामाइन’ डाक्टरको सिफारिसमा प्रयोग गर्न दिन्थ्यो तर, त्यसको दुरुपयोग भएपछि उक्त ड्रगलाइ अवैध घोषणा गरिएको थियो । अहिले त्यसको सेवन गर्ने र तस्करी गर्नेहरुलाई कडा सजाय दिने कडा कानुन ल्याएको छ ।
१०. जापान -जापानको कानुनलाई धेरै कडा मानिन्छ । यहाँको ड्रग सम्बन्धी कानुन त झनै कडा रहेको छ । यहाँ ६८ किसिमका ड्रगहरुको उत्पादन र बिक्री वितरणमा प्रतिबन्ध लगाइएको छ

प्रतिक्रिया