Bisal Chautari Logo

एकान्तको निर्देशनमा चलचीत्र ‘मेरो गित’को शुभमुर्हत || सितल के सी अथिति भुमिकामा

- १५ कार्तिक २०७४, बुधबार १३:३२ मा प्रकाशित


mero geet nepali movie
विशाल चौतारी समाचार
काठमाडौ, २०७४ कात्तिक १५, बुधबार । चलचीत्र ‘मेरो गीत’को गत मंगलबार शुभमुर्हत भएको छ । एकान्त मगरको निर्देशनमा बन्न लागेको चलचित्रको शुभमुर्हत राजधानिमा गरिएको थियो ।
चलचित्र ‘मेरो गित’मा प्रमुख भुमिकामा प्राय सबै नव–कलाकार रहेका छन् । चलचीत्रमा रिवोर थापा, आरति श्रेष्ठ, जुना आले, सुनिल, सुजाता दाहाल, सन्तोष श्रेष्ठ, दिनेश ढकालको अभिनय रहने कार्यक्रममै बताइएको थियो । साथै चलचित्र ‘मेरो गीत’मा अभिनेता सितल के सी अथिति भुमिकामा रहने छन् ।
सुरज मगरको निर्माणमा बन्न लागेको चलचित्रले एक व्यक्तिलाई सफलता पाएपछी अरु व्यक्तिले गर्ने व्यबहार कस्तो हुन्छ भन्ने कथामा चलचित्र बन्न लागेको यस चलचित्रका निर्देशक एकान्त मगरले बताए । युवराज लामाको कोरियोग्राफि तथा सिमोन श्रेष्ठको नित्र्य निर्देशन रहने चलचित्र ७० लाख लगानिमा बन्न लागेको हो ।
चलचित्रमा डिवि लामा र देव कुमार मगरको संगीत रहेको छ । मेलिना राई र सागर आलेको स्वर रहनेछ । चलचित्र निर्माण टिमले रिलिज मिती २०७५ बैशाखमा अल नेपाल रिलिज गर्ने योजना बनाएका छन् । चलचित्र युनिट चाडै फ्लोरमा जानेछ ।

प्रतिक्रिया