Bisal Chautari Logo

दुई टाउको एक शरीर भएका जीवित जन्मिए बच्चा, २४ घन्टापछि मृत्यु

- १५ कार्तिक २०७४, बुधबार ११:२६ मा प्रकाशित


The baby is born alive with two heads
विशाल चौतारी समाचार
काठमाडौँ, २०७४ कात्तिक १५ बुधवार । भारतमा दुई टाउको र एक शरीर भएका बच्चा जीवित जन्मिए पनि २४ घन्टापछि उनीहरुको मृत्यु भएको छ ।
डाक्टरहरुले बच्चाका बाबुआमालाई पहिल्यै उनीहरुको बाँच्ने सम्भावना क्षीण रहेको बताएका थिए । जन्मनासाथ उनीहरुलाई भेन्टिलेटरमा राखिएका थियो । जुम्ल्याहाको तौल ३.७ किलो थियो । उनीहरुको हातगोडा र कलेजो एउटै थियो भने मुटु र फोक्सो अलगअलग थिए ।
बच्चाका बाबुआमाले आफ्नो सन्तालाई बचाउन डाक्टरहरुसँग याचना गरेको तर, डाक्टरहरुले यस्ता बच्चा बाँच्ने सम्भावना नरहने बताएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।
उनीहरु बाँचेका भए पनि सर्जरीबाट अलग गर्ने सम्भावना नरहेको डाक्टरहरुको भनाइ छ । दुईवटा टाउको र एउटा शरीर भएका बच्चा अत्यन्तै दुर्लभ मानिन्छन् । यस्ता बच्चाहरु १० लाखमा १ जना मात्र हुन सक्ने बताइन्छ ।
पश्चिमी भारतको महाराष्ट्रमा रहेको एक सरकारी अस्पतालमा गत २९ अक्टोबरमा बच्चा जन्मेका थिए । उनीहरुकी ३२ वर्षीया आमाले स्थानीयहरुले मजाक बनाउलान् भन्ने डरले आफ्नो परिचय गोप्य राख्न चाहेकी छिन् ।
गर्भाधारणको ३२ औं हप्तामा महिलाले अल्ट्रासाउन्ड गराउँदा मात्र पेटभित्रका बच्चाहरु असामान्य रहेको पत्ता लागेको थियो । अस्पतालका गाइनोकोलोजी विभाग प्रमुख डा. सन्जय बान्सोडेले बच्चाहरु स्वस्थ अवस्थामा जन्मिएको तर उनीहरु जीवित रहन सक्ने सम्भावना नरहेको बताए । ‘यस्ता बच्चाहरु प्राय मृत जन्मिन्छन् । उनीहरु जीवित जन्मिनु एकदमै अप्रत्याशित थियो,’ उनले भने ।

प्रतिक्रिया