Bisal Chautari Logo

युवायवतीहरुले बाथरुममा गर्छन् यस्तो हर्कत

- १५ कार्तिक २०७४, बुधबार ०६:५६ मा प्रकाशित


Youths in the bathroom
विशाल चौतारी समाचार
काठमाडौँ, २०७४ कात्तिक १५ बुधवार । आजको जमानामा मोबाइल फोनविनाको जीवन अधुरो नै हुन्छ भन्दा फरक पर्दैन । तपाई पनि एकछिन फुर्सद हुनु हो भने मोबाइल चलाउनु हुन्छ होला ?। खाली समय मिल्यो कि गोजीबाट मोबाइल फोन निकालेर इन्टरनेट खोलिहाल्छौँ हामी । सायद मानिसले मोबाइल फोन नचलाउने त्यस्तो कुनै ठाउँ नै छैन, चाहे त्यो शौचालय होस् वा अन्तरंग कार्य गरिरहेको शयन कक्ष ।
                                                                                                                             फाइल फोटो

एक नयाँ तथ्यांक अनुसार, ४० प्रतिशत युवायुवतीहरुले आफ्नो अफिसको बाथरुममा समेत मोबाइल फोन चलाउँदछन् । सर्भेअनुसार अफिसको बाथरुमभित्र मोबाइल चलाउनेमध्ये ५५ प्रतिशतले फेसबुक चलाउने तथा ४३ प्रतिशतले ह्वाट्सएप चलाउने गर्छन् । तीमध्ये नै ४० प्रतिशतले ट्वाइलेट बसेर अनलाइनमा समाचार वा अन्य कुरा पढ्दछन् । १३ प्रतिशतले क्यान्डी क्रस खेल्नका लागि ट्वाइलेटमा मोबाइल चलाउँछन् भने ११ प्रतिशतले पोकेमोन गो खेल्दछन् ।
सर्भेक्षण अनुसार धेरै युवायुवतीले अफिसको बाथरुममा छिरिसकेपछि मोबाइल चलाउने धुनमा हात धुन पनि बिर्सिन्छन् । ह्युम रिसोर्स अनलाइनले ५ हजार मानिसमा गरेको विश्वव्यापी सर्भेक्षण अनुसार १६ प्रतिशत कर्मचारीले अफिसको ट्वाइलेट प्रयोग गरिसकेपछि हात नै धुँदैनन् । जबकि २५ प्रतिशतले केवल १० सेकेण्ड मात्र पानीमा हात पखाल्दा छन् ।
सर्भे अनुसार १२ प्रतिशत कर्मचारीले त अफिसको बाथरुमभित्रै खाने(पिउने गर्दछन् ।

प्रतिक्रिया