Leader Dhangel should be in jail for more than 12 years
विशाल चौतारी समाचार
काठमाडौँ, २०७४ कात्तिक १४ मंगलवार । माओवादी केन्द्रका नेता तथा पूर्व सभासद् बालकृष्ण ढुंगेललाई सदरखोर डिल्लीबजारमा चलान गरिएको छ । माओवादी जनयुद्धको समयमा ओखलढुंगाका उज्जनकुमार श्रेष्ठको हत्या प्रकरणमा सर्वोच्च अदालतको संयुक्त इजलासबाट २०६६ पुस १९ गते सर्वस्वसहित जन्मकैद सुनाइएका थियो । श्रेष्ठको १० असार २०५५ मा हत्या भएको थियो ।
लामो समयसम्म फरार रहेका ढुंगेललाई मंगलबार बिहान नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले ललितपुरको सातदोबाटोबाट पक्राउ गरे लगत्तै काठमाडौं जिल्ला अदालतले फैसलाको लगत कसेर जेल चलान गरेको हो।
जिल्ला अदालत काठमाडौंले सर्वोच्च अदालतको फैसला कार्यान्वयन गर्ने सिलसिलामा अदालतमा उपस्थित गराएर सदरखोर पठाएको हो। अब ढुंगेलले पहिले जेल बसेको अवधि कट्टा गरेर बाँकी हुन आउने १२ वर्ष पाँच महिना २२ दिन थुनामा बस्नुपर्ने छ।
जन्मकैद सुनाइएका माओवादी नेता बालकृष्ण ढुंगेल काठमाडौं जिल्ला अदालत परिसरमा। उनलाई मंगलबार डिल्लीबजारस्थित सदरखोर जेल चलान गरिएको छ।
प्रतिक्रिया