Bisal Chautari Logo

‘नयाँ समाजवादी शक्ति बनाउन प्रस्ताव’

- १४ कार्तिक २०७४, मंगलवार १०:०१ मा प्रकाशित


political news
विशाल चौतारी समाचार
पोखरा, २०७४ कात्तिक १४ मंगलवार । नयाँ शक्ति पार्टीका संयोजक बाबुराम भट्टराईले नयाँ समाजवादी पार्टीको सट्टा पुरानै कम्युनिष्ट पार्टीको सोच बोकेका कारण आफ्नो दल वाम गठबन्धनबाट बाहिरिएको बताएका छन् ।
प्रेस सोसाइटी कास्कीद्वारा आज आयोजित पत्रकार भेटघाट कार्यक्रममा उनले नेपालमा स्टालिनकालीन कम्युनिष्ट पार्टीको औचित्य नरहेका कारण आफूले नयाँ समाजवादी शक्ति बनाउन प्रस्ताव गरेको बताए।
गोरखा निर्वाचन क्षेत्र नं २ र नयाँ शक्तिलाई १५ सिट नपाएमा वाम गठबन्धनबाट आफू बाहिरिएको कुरा हल्ला मात्रै भएको बताउँदै पूर्वप्रधानमन्त्री डा भट्टराईले नयाँ शक्ति वाम र लोकतान्त्रिक पार्टीको प्mयूजन भएको जिकिर गरेका छन् ।

प्रतिक्रिया