Bisal Chautari Logo

एक बोतल रक्सीको मूल्य ४० करोड, यति धेरै महंगो हुनुको कारण यस्तो छ

- १३ कार्तिक २०७४, सोमबार ०९:२५ मा प्रकाशित


40 million of a bottle of alcohol
विशाल चौतारी समाचार
एजेन्सी, २०७४ कात्तिक १३ सोमवार । यो संसारका अधिकांश मानिसले रक्सी पिउँछन् । के तपाईंले कहिल्यै जान्न खोज्नुभएको छ, दुनियाँको सबैभन्दा महँगो रक्सीको मूल्य कति होला ? अब तपाईंले दुनियाँको सबैभन्दा महँगो रक्सी कुन हो ? यसको मूल्य कति पर्छ ? र, यसको विशेषता के छ ? भन्ने कुरा थाहा पाउनुहुनेछ ।
बिलेनियर भोडका नामक मदिरा नै विश्वको सबैभन्दा महँगो रक्सी हो । यसको नामले नै बताउँछ कि यो अर्बपतिले पिउने भोड्का हो ।
यो भोड्काको एक बोतलको मूल्य झण्डै ४० करोड रुपैयाँ पर्छ । यो रक्सीभन्दा यसको बोतल कैयन् गुणा महँगो छ । बोतलकै कारण यो रक्सीको भाउ यति चर्को भएको हुनुपर्दछ । यो भोड्काको बोतलमा ३ हजार टुक्रा हीरा जडान गरिएको छ ।
यो भोड्का स्वादमा पनि अरु सामान्य भोड्काभन्दा फरक छ । यसको एक बोतलमा ५ लिटर भोड्का छ । यो रसियन भोड्का गहुँ तथा शुद्ध पानीबाट बनाइएको हो ।
डिजाइनर लियोन भेरेसले यो भोड्काको बोतलको डिजाइन गरेका हुन् । उनै डिजाइनरले यसअघि विश्वकै सबैभन्दा महँगो स्याम्पेन पनि डिजाइन गरेका थिए ।

 

प्रतिक्रिया