Bisal Chautari Logo

छोराको हत्यापछि आत्महत्या गरे विश्वेरप्रसादले, चिठीमा यस्तो लेखेर छाडे

- १० कार्तिक २०७४, शुक्रबार ०५:५० मा प्रकाशित


Suicide committed after killing the son
विशाल चौतारी समाचार
धनगढी, २०७४ कात्तिक १० शुक्रवार । कैलालीको गोदावरी नगरपालिका–२ का विश्वेरप्रसाद जोशीले आफ्ना आठ वर्षीय छोरा अरल जोशीको हत्या गरी आफूले पनि आत्महत्या गरेका छन् ।
                                                                                                                       फाइल फोटो

घटनास्थलमा ‘बच्चा मैले मारेको छु, मैले पनि आत्महत्या गरेँ’ भनेर जोशीले लेखी छाडेको सुसाइड नोट फेला परेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक इन्द्रबहादुर मल्लले बताए ।
उक्त नोटमा आफूलाई धेरै ऋण लागेकाले यस्तो गर्नुपरेको समेत लेखिएको प्रहरी निरीक्षक मल्लले बताए ।
आफ्नै घरको कोठामा बुधबार राति छोराको हत्या गरेर घरकै बैठक कोठामा जोशीले झुण्डिएर आत्महत्या गरेको जनाइएको छ । रासस

प्रतिक्रिया