Bisal Chautari Logo

नालापानीको कथामा आधारीत विरताको चिनो २ बन्दै

- ९ कार्तिक २०७४, बिहीबार ०९:३२ मा प्रकाशित


The story of Nalapani has become Biratako chino 2 
विशाल चौतारी समाचार
काठमाडौँ, २०७४ कात्तिक ०९ बिहीवार । बिरताको चिनो २ नालापानिको कथामा आधारीत बनाउने भएका छन् । शिबम अधिकारको निर्देशनमा नालापानि नामको चलचित्र निर्माण हुने भनिए पनि अब उनले उक्त चलचित्रको साटो बिरताको चिनो २ ‘कथा नालापानिको’बनाउना लागेका हुन्।
अधिकारीको लेखन समेत रहको बिरताको चिनो २ ‘कथा नालापानिको’लाई श्याम कार्कीको प्रस्तुतिमा सुनिल लामाले निर्माण गर्न लागेका हुन्। चलचित्रमा रामेश्वर कार्कीको छायांकन, मणि थापाको संगीत, चन्द्र पन्तको द्वन्द रहनेछ । श्याम कार्कीले यस अघि बिरताको चिनो चलचित्र निर्माण गरि सकेका छन् ।
ऐतिहासिक चलचित्र भएकोले चलचित्रको बजेट भने ठुलै हुने निर्माता श्याम कार्कीले जानकारी दिए । .अर्को चलचित्र निर्माता सुनिल लामा राजनीति मार्फत सामाजिक काम गरि रहेकोले देशको भक्ति चलचित्र निर्माण गर्न पाउदा आफूले गर्ब लागेको बताउने भएको छ। निर्देशक शिबम अधिकारीको निर्देशन रहेको चलचित्र पंचायत फागुन ७ गते बाट प्रदर्शनमा आउदै छ ।
माघ बाट फ्लोरमा जाने तयारीमा रहेको चलचित्रमा धेरै जसो नयाँ कलाकार हुने अडिसन बाट छानिने कुरा लेखक तथा निर्देशक अधिकारीले बताए । चलचित्रमा रमित ढुंगाना,गणेश गिरि, श्रीदेव भट्टराई, श्याम कार्की, स’निल लामा, केशब सापकोटा भने फाइनल भई सकेका छन् ।
बिगत ५ बर्ष देखि नेपाल भारतका विभिन्न स्थानमा पुगेर चलचित्रको कथा बस्तुको बारेमा रिसर्च गरिएको र चलचित्र लाई सक्दो उत्कृस्ट बनाउने निर्देशक बताउछन् । नालापानिको युद्दमा नेपाली बिर सेनाहरुले देखाएको बिरताको कथा नै चलचित्रको मुख्य बिषय बस्तु रहेको छ.। चलचित्रको छायांकन हेटौडा,सिन्धुली र काठमाडौँमा हुनेछ ।

 

प्रतिक्रिया