Bisal Chautari Logo

बाबुरामलाई आइपयो ठुलो संकट ! सामाजिक सञ्जालबाटै आर्थिक संकलन सुरु

- ९ कार्तिक २०७४, बिहीबार ०७:४१ मा प्रकाशित


Baburam’s biggest crisis
विशाल चौतारी समाचार
काठमाडौँ, २०७४ कात्तिक ०९ बिहीवार । आगमी मंसिरमा हुने प्रतिनिधिसभा निर्वाचनका लागि नयाँ शक्ति पार्टीका संयोजक डा.बाबुराम भट्टराईले सामाजिक सञ्जालबाटै आर्थिक संकलन अभियान थालेका छन् ।
आफ्नो गृहजिल्ला गोरखा क्षेत्र नम्बर २ नपाएपछि एमाले र माओवादीको गठबन्धन छाडेर नेपाली कांग्रेसको गठबन्धनसँग सामेल भएका थिए । गोरखा क्षेत्र नम्बर १ मा कांग्रेसलाई छाडेर २ नम्बरबाट मंसिर १० गते हुन लागेको प्रनिधिनिसभा निर्वाचनका लागि उम्मेदवार घोषणा गरेका डा. भट्टराईले आर्थिक सहयोग गर्न आह्वान गरेका छन् ।
‘मंसिर १० गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि नयाँ शक्ति पार्टीका संयोजक डा.बाबुराम भट्टराईलाई आर्थिक सहयोगका लागि हार्दिक अनुरोध गर्दछौं ।’– बाबुरामको सचिवालयले जारी गरेको अपिलमा भनिएको छ ।
भट्टराईलाई आर्थिक सहयोग गर्न ग्लोबल आईएमई बैंकको खाता नम्बर र स्विफ्ट कोडसमेत दिइएको छ । आर्थिक सहयागका लागि गरिएको उक्त अपिलमा ‘म अपारदर्शी लगानी हैन, तपाईहरुको खुला स्वेच्छिक सहयोग चाहन्छु’ भनी  बाबुरामले ब्यक्त गरेका छन् ।

प्रतिक्रिया