Bisal Chautari Logo

१०० जना उमेरदवारहरुले लिए उमेदवारी फिर्ता

- ९ कार्तिक २०७४, बिहीबार ०६:५१ मा प्रकाशित


political news 
विशाल चौतारी समाचार
काठमाडौँ, २०७४ कात्तिक ०९ बिहीवार । आगामी मंसिर १० गते हुने पहिलो चरणको प्रदेश तथा प्रतिनिधिसभाको चुनावका लागि दिएको उम्मेदवारहरुले १०० जनाले र्फिता लिएको छ ।
                                                                                                                                 फाइल फोटो

पहिलो चरणमा चुनाव हुने ३२ जिल्लाका प्रतिनिधिसभातर्फका ३७ र प्रदेशसभा तर्फका ७४ वटा क्षेत्रमा प्रत्यक्ष चुनाव प्रणाली अन्तर्गत गएको आइतबार ८ सय ३ जनाले उमेदवारी दर्ता गराएका थिए।
उम्मेदवारी दिने ८०३ जना मध्ये १०० जनाले उम्मेदवारी फिर्ता लिनुभएको छ, निर्वाचन आयोगले प्रत्यक्षतर्फ ७०२ जना उम्मेद्वारहरुको अन्तिम नामावली प्रकाशन गरेको छ। सबै उम्मेदवारहरुलाई बुधबार नै चुनाव चिन्ह उपलब्ध गराइएको निर्वाचन आयोगका प्रवक्ताले जानकारी दिए।
ती मनोनयनहरु माथि परेका कतिपय उजुरी जाँचबुझ गरेको निर्वाचन आयोगले उम्मेदवारहरुलाई मनोनयन फिर्ता लिने समय दिएर बुधबार अन्तिम नामावली प्रकाशन गर्दै चुनाव चिन्ह वितरण गरेको हो।
आयोगले प्रत्यक्षतर्फ प्रदेश र प्रतिनिधिसभा चुनावका लागि छुट्टाछुट्टै मतपत्र प्रयोग नगर्ने औपचारिक निर्णय पनि लिएको छ।
प्रदेशसभातर्फका ४८१ मध्ये ६० र प्रतिनिधिसभाका ३२२ उम्मेदवारमध्ये ४० जनाले उम्मेदवारी फिर्ता लिएको छ। दोलखामा प्रदेशसभाका एक जना उम्मेदवारको मनोनयन रद्द भएको आयोगको भनाइ छ।
यसअघि गएको असोज २९ गते दलहरुले प्रदेशसभाको समानुपातिक तर्फका २२० र प्रतिनिधिसभा तर्फका ११० सिटका लागि उम्मेदवारहरुको बन्द सूची निर्वाचन आयोगमा बुझाएका थिए।

प्रतिक्रिया