Bisal Chautari Logo

ऐमाले उमेरदवारले गरे फिर्ता, दिपक मनाङ्गेलाई समर्थन गर्ने

- ८ कार्तिक २०७४, बुधबार १०:१९ मा प्रकाशित


political news 
विशाल चौतारी समाचार
काठमाडौँ, २०७४ कात्तिक ०८ बुधवार । मनाङ प्रदेश (ख) बाट एमालेको उमेरदवारले फिर्ता लिएको छ । एमाले उम्मेदवार खाण्डा लामा गुरुङले उम्मेदवारी फिर्ता लिएकी छन् ।
                                                                                                                             फाइल फोटो

स्वतन्त्र उम्मेदवार दीपक मनाङ्गे भनेर चिनिने राजीव गुरुङलाई समर्थन गर्दै उनले आफ्नो समर्थन स्वतन्त्र उम्मेदवार राजीव गुरुङलाई नै रहेको बताएकी छन् । मनाङका मुख्य निर्वाचन अधिकृत एवं जिल्ला न्यायाधीश दीपक ढकालले एमाले उम्मेदवार लामाले उमेद्वारी फिर्ता लिएको पुष्टि गरे । उनले मुख्य निर्वाचन अधिकृतको कार्यालयमा आएर बुधबार दिउँसो पौने १ बजे उम्मेदवारी फिर्ताको निवेदन दिएकी हुन् ।
जिल्लाबाट सर्वसम्मत सिफारिस भएका मनाङेको विरोध हुन थालेपछि एमाले केन्द्रीय कमिटीले उनको नाम काटेको थियो । तर, मनाङे नागरिकले आफूलाई जिताउने भन्दै उनले स्वतन्त्र उम्मेदवारी दिएका थिए ।
उम्मेदवार राजीव गुरुङले पार्टीका आधिकारिक उम्मेदवारले उम्मेदवारी फिर्ता लिएपछि उनी समर्थकले आफूलाई सघाउने र जित सुनिश्चित भएको दाबी गरे । ‘मेरो पारिवारिक भोट यसै छ । पार्टीका सबै तहतप्काले भोट दिएपछि मेरो जित सुनिश्चित छ’उनले भने । दुवैजना उठ्दा भोट बाँडिने भएकाले जित्न पनि आफू उठेको बताइन् ।

प्रतिक्रिया