Bisal Chautari Logo

अर्काकी श्रीमती नुहाएको बेला हेरेको आरोपमा छ बर्से बालकको हत्या

- ८ कार्तिक २०७४, बुधबार ०९:३९ मा प्रकाशित


The child was murdered on the charge of seeing another wife’s bath
एजेन्सी
काठमाडौँ, २०७४ कात्तिक ०८ बुधवार । भारतको राजधानी नयाँ दिल्लीमा एउटा ६ वर्षका एक बालकको हत्या भएको छ । अर्काकी श्रीमतीलाई नुहाउने बेलामा हेरेको आरोपमा बालकको हत्या भएको हो ।
                                                                                                                               फाइल फोटो

उक्त हत्याकाण्डमा रोहित नामक १९ वर्षे युवक पक्राउ परेका छन् । बालकले अर्काकी श्रीमतीलाई नुहाउने बेलामा हेरेको आरोपमा ६ वर्षे बालकले ज्यान गुमाएका हुन् । भारतीय समाचारका अनुसार ती ६ वर्षे बालकको बुवाबाट २० हजार रकम फिर्ता लिनुथियो । त्यसका लागि उनले बालकको अपहरण गरेर आफ्नो घरमा लगेका थिए ।
ती बालकले अपहरणकारी (रोहित)की श्रीमतीले नुहाउन थालेको बेलामा नुहाइरहेको हेरेका रहेछन् । जब आफ्नी श्रीमतीले नुहाउन थालेको बेलामा ती बालकले देखेको कुरा रोहितले पत्तो पाए तब उनलाई रिसको पारो तात्यो । त्यसपछि उनले ती बालकको टाउको भित्तामा ठोकिदिएर हत्या गरेको रोहितले प्रहरीलाई बयान दिए ।

प्रतिक्रिया