Bisal Chautari Logo

प्रहरीले प्रहरीलाई नै जुवाको खालबाट पक्राउ

- ७ कार्तिक २०७४, मंगलवार १२:१५ मा प्रकाशित


Arrest from yoke
विशाल चौतारी समाचार
रुपन्देही २०७४ कात्तिक ०७ मंगलवार । तिहारको अवधिमा रुपन्देहीको बुटवल क्षेत्रबाट प्रहरीले ३० जना जुवाडे र १० लाख नगदसहित नियन्त्रणमा लिएर कारबाही प्रकृया अगाडि बढाएको छ । पक्राउ पर्नेमा एकजना प्रहरी जवानसमेत छन् ।
                                                                                                                             फाइल फोटो

कात्तिक ४ गते बिहान दुई बजे रुपन्देहीको तिलोत्तमा नगरपालिका ५ स्थित मणिग्रामका मनिष अधिकारीको घरमा जुवा खेलिरहेका २६ जनाबाट नगद ९ लाख ४६ हजार १ सय ९५ रुपैयाँ र कात्तिक ६ गते बुटवल उपमहानगरपालिका ११ देवीनगरस्थित नारायण भुसालको घरबाट ५१ हजार ७ सय ७५ रुपैयाँसहित ४ जनालाई प्रहरीले नियन्त्रणमा लिएको हो ।
देवीनगरस्थित भुसालको घरबाट प्रहरी जवान गोपीकृष्ण नेपाल पनि जुवा खेल्दै गर्दा पक्राउ परेका छन् । २६ वर्षीय नेपाल पाल्पाको साविक चिदिपानी गाबिस ८ घर भई हाल वडा प्रहरी कार्यालय बुटवलमा कार्यरत छन् ।
उनीसँगै बुटवल उपमहानगरपालिका ११ बस्ने ४० वर्षीय गोबिन्द ज्ञवाली, सोहि स्थानका ४५ वर्षीय रमण मल्ल, ३० वर्षीय श्रीराम थापा पक्राउ परेका छन् । उनीहरुलाई जुवा ऐन २०२० अन्तर्गतको कसुरमा जिल्ला अदालत रुपन्देहीबाट म्यादथप गरी अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय बुटवलका प्रहरी नायव उपरीक्षक पवनकुमार भट्टराईले बताए ।

प्रतिक्रिया