Bisal Chautari Logo

श्वेताको ‘कान्छी’ सुटिङ सकियो || पती श्रीकृष्णप्रती समर्पीत चलचित्र माघ २६ गते रिलिज हुने

- ७ कार्तिक २०७४, मंगलवार ११:३७ मा प्रकाशित


Shweta Khadka and Dayahang Rai Movie Kanchhi
विशाल चौतारी समाचार
काठमाडौ, २०७४ कात्तिक ७, मंगलबार । नायिका तथा निर्मात्री श्वेता खड्काले निर्माण गरेको फिल्म कान्छी को सम्पूर्ण छायााकन सकिएको छ । मुस्ताङ, अप्पर मुस्ताङ, जोमसोम र राजधानी वरपर पचास दिनमा फिल्मको छायााकन सकिएको हो । आकाश अधिकारी निर्देशित फिल्ममा श्वेता र अभिनेता दयाहाङ राई मुख्य भूमिकामा प्रस्तुत भएका छन् भने नायिका अनु शाह, कलाकार प्रज्जवल सुजल गिरी र तेश्रोलिङ्गी अभियान्ता भूमिका श्रेष्ठको पनि कान्छी मा अभिनय छ ।
गत बिहिबार, लक्ष्मीपुजको दिन कान्छी को सुटिङ सकेपछि श्वेता सामाजिक सञ्जाल फेसबुकमा लेख्छिन्, दादाको सम्बोधन मार्फत आदर गर्ने मेरा स्वर्गिय पती श्रीकृष्ण श्रेष्ठ ज्यु प्रति हार्दिक श्रद्धाञ्जली स्वरुप आगामी माघ २६ गते ’कान्छी’ लाई दर्शकसामु ल्याउादैछु । एउटा कलाकारको पत्नीको नाताले मैले उहाालाई एउटा राम्रो फिल्म समर्पण गर्ने प्रयास गरेकी छु, उनी थप्छिन्, मैले आफ्नो गक्ष र दक्षले भ्याएसम्मको मेहनत गरेकी छु । मेरो यो मेहनतमा मेरा सहकर्मी मित्रहरु लगाएत कान्छी निर्माणका सम्पूर्ण युनिटको पसिना मिसिएको छ । ‘कान्छी’लाई तपाईंहरुको सल्लाह सुझाव र उत्प्रेरणाको खााचो छ । मेरा त्रुटीहरुलाई औल्याएर आगामी दिनमा झन परिस्कृत हुने मौकाबाट मलाई बञ्चित नगराउनु होला ।
पुरुषोत्तम प्रधानको छायााकन रहेको कान्छी मा शम्भूजित बाास्कोटा, अर्जुन पोखरेल र राजनराज सिवाकोटीको संगीत रहेको छ । श्वेता कोहिनूर पछि कान्छी मार्फत फिल्म निर्माण तथा अभिनयमा फर्किएकी हुन् । कान्छी माघ २६ गतेदेखि प्रदर्शनमा आउनेछ । फिल्मले ग्रामीण भेगकी कान्छी पात्रको कथा बोल्नेछ ।

प्रतिक्रिया