Bisal Chautari Logo

कानुनमा नै छ, महिनामा एकपटक श्रीमतीलाई पिट्न पाइन्छ

- ७ कार्तिक २०७४, मंगलवार ०९:१५ मा प्रकाशित


Once a month, Mrs. gets beaten up
एजेन्सी
काठमाडौँ, २०७४ कात्तिक ०७ मंगलवार । विश्वका विभिन्न देशमा अनेकथरी कानून छन् । कतिपय कानून यस्ता बेतुकका छन् र अजीव पनि छन् । त्यस्ता कानूनको पालना गर्ने कुरा कल्पना गर्न पनि गाह्रो हुन्छ ।

                                                                                                                              फाइल फोटो

यस्ता कानूनहरु कतिपय केवल किताबका पानामा मात्र पनि सीमित छन् । केही पालना पनि भइरहेका छन् । दुुनियाँका यस्तै अनौठामध्येका केही कानून यस्ता छन्
– क्यानडाको अल्बर्टा प्रान्तमा बजारमा किनमेल गर्दा कसम खानु तथा चिच्याउन सख्त प्रतिबन्ध छ । यदि कसैले यस्तो गरेको पाइएमा जरिवाना तिर्नुपर्दछ ।
– अमेरिकाको फ्लोरिडा राज्यमा आइतबारको दिन कुमारी कन्याले स्काइ डाइभ गर्नु कानूनतः बन्देज छ ।
– बोलिभियाको राजधानी लापाजमा विवाहित महिलाले दिनमा एक गिलास भन्दा धेरै वाइन पिउन मनाही छ ।
– इटालीको काप्री टापुमा केटीहरुले चप्पल लगाएर हिँडिरहँदा चप्पल प्याटप्याट गरी पड्काउन अर्थात् आवाज निकाल्न प्रतिबन्ध छ ।
– अमेरिकाको ओक्लोहामामा मानिसहरु कुकुरको अगाडि आफ्नो मुखाकृति बिगारेर जिस्काउन पाउँदैनन् ।
– बेलायतको कानूनले गर्भवती महिलालाई यतिधेरै अधिकार दिएको छ कि उनीहरु अप्ठेरो परेको बेला जहाँकहिँ दिशापिसाब गर्न पाउँछन् ।
– अमेरिकाको अर्कान्ससमा श्रीमानले श्रीमतीलाई महिनाको एकपटक कुटपिट गर्न पाउँदछ ।
– इटालीको यराक्लीअ सहरको तटीय क्षेत्रमा बालुवाको घर बनाउन प्रतिबन्ध छ ।

प्रतिक्रिया