Bisal Chautari Logo

अफगानिस्तानमा १२ तालिवान लडाकू मारिए

- ७ कार्तिक २०७४, मंगलवार ०८:१४ मा प्रकाशित


Fight 12 Taliban fighters in Afghanistan
विशाल चौतारी समाचार
कुन्दुज (अफगानिस्तान), २०७४ कात्तिक ०७ मंगलवार । अफगानिास्तानको उत्तरी प्रान्त कुन्दुज र छिमेकमा पर्ने प्रान्त बादख्शानमा अफगान प्रहरी र सेनाले गरेको तालिवानविरुद्धको कारबाहीको क्रममा कम्तीमा १२ जना तालिवान आतंककारी मारिएका छन् ।
                                                                                                                                 फाइल फोटो

अफगान सैनिक अधिकारीले सोमबार दिएको जानकारीअनुसार सो कुन्दुज प्रान्तमा आठ र बादख्शान प्रान्तमा छ जना आतंककारीको मृत्यु भएको छ ।
यस कारबाहीको तालिवान आतंककारी समूहले भने अहिलेसम्म कुनै टिप्पणी गरेको छैन । ती क्षेत्रमा उनीहरूका हिंसात्मक क्रियाकलाप बढेपछि सेनाले हवाई र स्थलगत रुपमा कारबाही थालेको थियो ।
अफगान सरकारी सुरक्षा बलले गरेको कारबाहीमा केही दिन अघि पनि दर्जनौँ आतंककारी मारिएका बताइएको थियो । पछिल्लो समयमा अफगानिस्तानमा तालिवान र आइएस लडाकूहरूले हिंसात्मक क्रियाकलाप जारी राखेका छन् ।
सोही कारण अफगान सेना र प्रहरीले पनि तालिवान र आइएसका विरुद्धमा आक्रामक कारबाही जारी राखेको बताइएको छ । त्यसैगरी उत्तरी फारयाब प्रान्तमा पनि केही तालिवान लडाकू मारिएको समाचारमा जनाइएको छ ।
उक्त कारबाहीको समाचार आउन बाँकी रहेको सुरक्षा स्रोतले जनाएको छ । सो क्षेत्रमा पनि केही तालिवान मारिएको आशंका गरिएको प्रहरीले जानकारी दिएको छ । (रासस÷सिन्ह्वा)

प्रतिक्रिया