Bisal Chautari Logo

मेसी र नेयमारलाई उछिन्दै रोनाल्डो वर्ष खेलाडी, क-कसले के अवार्ड जिते?

- ७ कार्तिक २०७४, मंगलवार ०८:०४ मा प्रकाशित


विशाल चौतारी समाचार
काठमाडौँ, २०७४ कात्तिक ०७ मंगलवार ।रियल मड्रिडका पोर्चुजिग स्टार क्रिस्टियानो रोनाल्डो लगातार दोस्रो पटक फिफा बेस्ट प्लेअर जितेका छन्। लण्डनमा भएको बेस्ट फिफा अवार्डमा रोनाल्डोले बार्सिलोनाका लियोनल मेसी र पिएसजीका नेमारलाई पछि पार्दै यस संस्करणको फिफा अवार्ड जितेका हुन्।
गत वर्षबाट फिफा बेस्ट अवार्डको प्रदान गर्न थालिएको हो। जसमा गत वर्ष पनि रोनाल्डोले मेसी र एन्टोनी ग्रीजमनलाई पछि पार्दै अवार्ड जितेका थिए।
‘लगातार दोस्रो वर्ष मैले उत्कृष्ट खेलाडीको अवार्ड पाएं, यो भन्दा खुसी अरु के हुन सक्छ र ?,’ रोनाल्डोले प्रतिक्रिया दिएका छन् । फिफाले गरेको घोषणामा बार्सिलोना र नेदरल्यान्ड्सकी लेके मार्टेन्स उत्कृष्ट महिला खेलाडी रहिन । यस्तै उत्कृष्ट पुरुष प्रशिक्षकमा जिनेदिन जिदान र महिला प्रशिक्षकमा नेदरल्यान्ड्सकी सारिना वेगमन घोषित भए ।
आर्सनलका ओलिभर जिरोडले सन् २०१७ को उत्कृष्ट गोलका लागि पुरस्कार पाए । उनले जनवरीमा क्रिस्टिल प्यालेसविरुद्ध उत्कृष्ट गोल गरेका थिए । त्यस गोललाई ‘स्क्रोपियन किक’ नाम दिइएको छ । फिफाले अलग्गै बेस्ट फुटबल अवार्ड दिन थालेको यो दोस्रो वर्ष हो । यसअघि बेलन डे’अरसँग मिलेर अवार्ड दिने गथ्र्यो ।
क-कसले के अवार्ड जिते?
मेन्स बेस्ट प्लेअर – क्रिस्टियानो रोनाल्डो
वुमन्स बेस्ट प्लेअर- लिएके मार्टेन्स
मेन्स कोच – जिनेदिन जिदान
वुमन्स कोच -सरिना विगमन
बेस्ट गोलकिपर – जियानलुजी बफोन
पुस्कास अवार्ड-ओलिभचर जिरुड
फ्यान अवार्ड – सेल्टिक सपोर्टर
फेयर प्ले अवार्ड -फ्रान्सिस कोने

प्रतिक्रिया