Bisal Chautari Logo

नवलपरासीमा पेट्रोल खन्याएर आफ्नै साथीलाई आगो लगाइदिए

- ७ कार्तिक २०७४, मंगलवार ०५:२६ मा प्रकाशित


The murder of a friend by petroling petrol
विशाल चौतारी समाचार
नवलपरासी, २०७४ कात्तिक ०७ मङ्गलवार । आफ्नै साथीलाई पेट्रोल छर्केर हत्या गर्ने प्रयास गरेका दुई जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । भाइटिकाको दिन मध्यराति नवलपरासीको मध्यविन्दु नगरपालिका ९ मगरटोल बस्ने ३५ वर्षीय हिराबहादुर थालालाई गाउँकै हरि सोती र समीर कुमाललले पेट्रोल छर्केर आगो लगाइदिएका थिए।
                                                                                                                            फाइल फाटो

सोमबार नियन्त्रणमा लिइएका उनीहरुविरुद्ध प्रहरीले ज्यान मार्ने उद्योगअन्तर्गत मुद्दा चलाएको छ । उनीहरू दुवैलाई सोमबार प्रहरीले नियन्त्रणमा लिएर कारबाही प्रक्रिया अघि बढाएको हो । इलाका प्रहरी कार्यालय नवलपुरका प्रहरी नायव उपरीक्षक नविनराज राईले ज्यान मार्ने उद्योगअन्तर्गत दुईविरुद्ध मुद्दा चलाइएको जानकारी दिए ।
साथीले पेट्रोल छर्केर आगो लगाउँदा गम्भीर घाइते हुन पुगेका हिराबहादुरको भरतपुर अस्पतालमा उपचार भइरहेको छ ।

प्रतिक्रिया