Dr. Govind Kesi broke the unison
विशाल चौतारी समाचार
काठमाडौँ, २०७४ कात्तिक २ बिहिवार । डा. गोविन्द केसीले १४ दिनपछि अनसन तोडेको छ । सरकारसँग १० बुँदे सहमति भएपछि अनसन आज तोडेका हो ।
चिकित्सा शिक्षा सम्बन्धी विधेयक अध्यादेशबाट जारी गर्न कात्तिक ६ गतेको मन्त्रिपरिषद्बाट सिफारिश गर्ने ।
उच्चस्तरीय कार्यदलको प्रतिवेदन २०७२ र सत्याग्रहका मागहरु बमोजिम शिक्षा मन्त्री गोपालमान श्रेष्ठले संसद सचिवालयमा पेश गरेको संशोधन सम्बन्धी प्रस्तावका बुँदाहरुलाई नै समाविष्ट गरी अध्यादेश जारी गर्न सहमति भएको हो।
नेपाल आयल निगमको जग्गा खरिद प्रकरणमा मुछिएका निगमका तत्कालीन प्रमुख लगायतका पदाधिकारी तथा संलग्न व्यक्तिहरुका सम्बन्धमा छानबिन र कारबाही गर्नुपर्ने मागका सम्बन्धमा साधिकार निकायबाट गरिने छानबिन तथा अनुसन्धानमा सहयोग गर्ने सहमति भएको छ।
विगतदेखि हालसम्म भएका सम्झौता र सहमतिहरु कार्यानव्यन अवस्था अनुगमनका लागि गठित उच्चस्तरीय अनुगमन समितिमा एक जना प्रतिनिधि थप गर्ने र यो सहमतिलाई कात्तिक ६ गते बस्ने मन्त्रिपरिषद्को बैठकबाट अनुमोदन गरी नेपाल सरकारले स्वामित्व ग्रहण गर्ने सहमति पनि भएको छ।
प्रतिक्रिया