Bisal Chautari Logo

आजबाट देउसीभैलो सुरु, खेल्ने नियम यस्तो छ , पालना नगरे गइएला मामाघर

- २ कार्तिक २०७४, बिहीबार ०५:०८ मा प्रकाशित


The government has brought the rules for Tihar
विशाल चौतारी समाचार
काठमाडौँ, २०७४ कात्तिक २ बिहीबार । आज तिहारको तेस्रो दिन देवी लक्ष्मीको पूजा तथा आराधना गरी लक्ष्मीपूजा गरिँदैछ । आजैबाट देउसीभैलो खेल्ने गरिन्छ ।
                                                                                                                                फाइल फोटो

देउसीभैलोको खेल्नका लागि सरकारले विशेष नियम जारी गरेको छ । विभिन्न अवाञ्छित गतिविधि रोक्न तथा शान्ति सुरक्षामा प्रतिकुल असर असर रोक्नका लागि सरकारले राति १० बजेसम्म मात्र खेल्न पाउने गृहमन्त्रालयले जनाएको छ । सुरक्षाको विषयलाई लिएर बेलुका १० बजेसम्म मात्र देउसी(भैलोलगायत सांस्कृतिक कार्यक्रम गर्न आग्रह गर्दै एक विज्ञप्ति जारी गरेको हो ।
विभिन्न किसिममा अवाञ्छित गतिविधि रोक्न तथा शान्ति सुरक्षामा प्रतिकुल असर नपुगोस भन्दै राति १० बजे सम्म मात्र देउसी भैलो खेल्न आग्रह गरेको हो ।
तिहारलाई लक्षित गर्दै पड्काईने विस्पोटक पदार्थ पटका,भुचम्पा लगायत कुराहरू पनि पड्काउन निषेध गरिएको तथा त्यस्ता सामग्रीको आयात तथा ओसारपसार, बिक्री वितरण तथा प्रयोग गर्नेलाई समेत कारबाही गरिने गृहले जनाएको छ।

 

प्रतिक्रिया